कम्युनिष्ट पार्टी मिल्नुको विकल्प छैन


 
काशीराम घिमिरे
२००६ साल भाद्र २९गते नेपालमा कम्युनिस्ट पार्टीको स्थापना भएको हो । त्यतिखेरको पार्टीनिर्माणमा पुष्पलाल श्रेष्ठ ,मनमोहन अधिकारी  ,नरबहादुर कर्माचार्य ,लगायत हुनुहुन्थ्यो !बिश्व कम्युनिस्ट आन्दोलनको लहरसगै नेपालमा पनि निरकुश शासन काल सगै मुक्क्तिको आन्दोलन छदै थियो !त्यस स्थापनाको अर्को बर्षनै प्रजातन्त्रको स्थापना भयो !२००७सालमै त्यस पछिको पाटिको स्थापना र संगठन बिस्तार हुँदै गयो !सर्बहारा बर्ग र निमुखा बर्गको नेतृत्व गर्ने कम्युनिस्ट पार्टीले विभिन्नसमस्या र सामना र खवरदारी गरिरहे स्थापनाको सुरुमै पञ्चायती साशनको सामना गर्नु पर्यो!त्यसपछी को जनमत संग्रह पछि २०४६/४७को जनआन्दोलन को नेतृत्व गर्यो यो कम्युनिस्टपार्टिबिना संभावना थिएन ।
उक्त आन्दोलन पश्चात् देशमा राम्रो संविधान पनि जारी भयो त्यसपछिको चुनावमा बामपार्टीप्रमुख पर्तिपक्षी भएर जनमाझ आयो !कम्युनिस्टपार्टिपर्तिको आशा र आकर्षणजनस्थरमा बढ्दै गयो !किनकी देशमा धेरै आमुलपरिबर्तन नै कम्युनिस्ट पार्टिबाटै भएका छ्न ।
सबै जाती भासाभासी सास्कृतीको रक्षक जनस्थको जनमुखी शासन ब्यबस्था ,छुवाछूतको अन्त्य ,सामाजिक बिकृतिको अन्त्य ,अन्याय र अत्याचार विरुद्धखवरदारी भन्डाफोर दुखीगरिबको शासन ,समानुपातिक समाबेशी प्रणाली , प्रतिस्पर्धात्मक शासन ब्यबस्था!बिकास निर्माण ,रोजगारीको ब्यबस्था,उधोग धन्दाको बिकास ,सिमानाको रक्षा जस्ता जनसेवी काम हरु यहीँपार्टीबाटै सम्भब भएका छ्न ।
२०५१को चुनाब मा पहिलो पटक नेपाली राजनितीमा कम्युनिस्टपाटि ठूलो पार्टी भएर जनमाझ आयो त्यसैको नेतृत्व मनमोहनधिकारी ले गर्नु भएको थियो !त्यो सरकार को शासन ब्यबस्था निकै राम्रो रहेको थियो !छोटो नौ महिने शासन कालमा राम्रो काम र एजेन्डाहरु जनमुखी हुँदाआमनेपाली जनताले धेरै मनपारेका थिए !चर्चित कार्यक्रम हरु आफ्नो गाउँ आफै बनाऔं ,बृद्ध भत्तभष्टाचार नियन्त्रण !प्रभाबकारी योजनाहरुको कार्यावन्यन थिए ।
६२/६३को आन्दोलनमा पनि कम्युनिस्टपार्टिहरुको उत्तिकै ससक्त भुमिका थियो !उनिहरुकै त्यो संयुक्त आन्दोलनले उक्त आन्दोलनले सफलता हासिल गर्‍यो !६४को संविधान सभाचुनाबपनि नेकपा माओवादी सबभन्दा ठूलो पार्टीकोरुपमा आयो
जति मत आनुसार त्यो सफल काम नगर्दा निकै आलोचित हुनुपरेको थियो जुन राजनितीक नारामाजबमाझ एजेन्डाथिए त्यो अनुसार काम भएन !त्यतीखेर पनि बामपंथी हरुको स्पष्टबहुमतछदै थियो !तर किन आपसमामिलि प्रभाबकारी र जनमुखी सरकार चलाउन सकेनन त्यो थियो कार्यकुसलताको कमि अरुको अस्तित्व स्विकार्न नसक्नु !यदि उनिहरुले चाएको भए त त्यतिखेरै संविधान बनाउन सक्थे नि त्यहिबाटै भएको थियो गल्ती जनमतको सदुपयोग हुनसकेन बिकासका कार्यक्रमहुन सकेनन संविधानबन्न सकेन जसको कारण७०कोचुनावमा पहिलो पाटी तेस्रो रुपमा उदाउनु पर्‍यो तेतिखेर पनि दुई बामपन्थिकै बहुमत हुन्थ्यो तर नेपाली काङ्ग्रेस लाई ठूलो पार्टिको हैसियतमासंयुक्त सरकारको रुपमासत्ता समाल्यो जसले गर्दा उ संविधानबनाउन सफल पनि भयो ।
जसपछी सहमती अनुसार केपि वलिसरकारको बगडोर समाल्नआउनु भयोत्यसैबेला मा नाकाबन्दीको सुरुमै सामना गर्नु परेको थियो जसको उहाँले ड्टेर सामना गर्नु भएको थियो त्यसकै प्रभाब थियो ७४को चुनाव फेरि बामपंथी पर्ती जनबिस्वास दुबै बामपंथीहरु एकजुट भइ चुनावमा गए र झण्डैदुइतिहाई मत ल्याउन सफल भएत्यति खेरका नाराहरु जुन जनमाझमा राखिरका थिए जस्तै शुखी नेपाली सम्बृद्ध नेपाल ,उद्धोग धब्दको बिकाश !संघीय शासन प्रणाली जनमुखी शासन बिदेशी लागानी भित्र्याउने देशमा लगानी भित्र्याइ बिकासमा नयाँ गति दिइ बेरोजगारी को अन्त्ययी यावत कार्यक्रम हरु उनिहरुकै सबै ठाउँमाआफ्नै सरकार हुँदापनि किन सफल हुन सकेको छैन किन सुरक्षीत आफ्नो बहुमत हुँदापनि यी पार्टी हरु एकआपसमा मिल्न सक्दैनन् आफ्नै स्पष्ट बहुमत छ्दापनी किन बिपक्षी सग काध जोडन जान्छ्न यी बामपंथीपार्टिका नेतागण हरु आफू सुरक्षीत छ्दाछ्दै अरुसग मिल्नजानु कत्तिको जाहेज हो के जनमत सम्मान हो के यो समयको माग हो र ।
त्यसैले अब बामपंथी पार्टिहरुले पुन सच्चिनु पर्छ र जनमतको सम्मान गर्नुपर्छ !चुनावमा गरेका बाचाहरुजतिसक्दो पूरा गर्नु पर्छ बिदेशी लागानी भित्र्याउनु पर्छ !देशमा उधोग धन्दाको बिकास गर्नुपर्छ !रोजगारी बढाउनु पर्छ!बिदेशी सगको सिमाना बिबाद मिलाउनु पर्छ !बेरोजगारी देशबाट अन्त्य गर्नुपर्छ !असन्तुलितबौदेशिक ब्यापारलाइ स्वादेशी उत्पादित वस्तुहरु निर्यात गरि र नचाइदो बिदेशी बस्तु रोक्नु पर्छ !यो समय कोरोनाले आक्रन्त देशमा सबै क्षेत्रहरु तहसनहस नै छ उक्त काममा पुन सबै क्षेत्रहरु पहिलेकै स्थान ल्याउन आजै देखि काम सुरु गर्नुपर्छ!बिरामिको उपचारको लागि हस्पिटलको ब्याबस्था गर्नुपर्छ !राहतका कार्यक्रमहरु तत्काल ल्याउनुपर्छ !सम्पुर्ण  देशका नागरिक लाईकोरोनाको खोप ल्याइ लगाउने ब्यबस्था गर्नुपर्छ ।
सधैभर निसेदआग्याले। काम गर्दैन !यसैको लागिपनी पुन बामपंथी सक्तिहरु एकठाउमा हुनु बर्तमान आबस्यक छ !देशमा जतिपनी कम्युनिस्ट पार्टिहरु छ्न उनिहरु तत्कालएउटै नारामा हुनुपर्छ आपसमा मिलेर कम्युनिस्ट शासन देशमादिनुपर्छ बर्तमान नेतृत्व असफल भए त्यसको समीक्षा गरि बर्तमान नेतृत्व लाई सल्काहकारमा राखी यसको नेतृत्वपार्टी को दोस्रोपुस्ताले गर्नुपर्छ!देशले सुवाउने खालको कम्युनिस्टशासन लागुगर्नुपर्छ!कम्युनिस्ट पार्टिका बर्तमान नेताज्यु हरु निमुखाको पार्टिभन्ने उनिहरु किन बढी सौखिन देखिन्छ्न र महल र रहन सहन फरक छ किन उनिहरु लाई भस्टचारको आरोप लाग्छ र कसरी उनिहरु दिनदिनै धनि बनी राखेका छ्न राजनिती भनेको समाज सेवा हो कसरी उनिहरु सौखिन हुन सके गगन चुम्बी महल हरु कसरी आए यसको तत्काल समीक्षा र छानबिन हुनुपर्छ !कम्युनिस्टको सिद्धान्तबिपरित काम गर्ने लाई तत्काल पार्टीबाट हटाउनुपर्छ !कम्युनिस्ट पार्टी देशर जनताको सर्बहारा बर्गको पार्टीबन्नु पर्छ देशको शासन ब्यबस्था गतिशिल दिनुपर्छ !जसको लागि सम्पुर्णदेशका कम्युनिस्ट पार्टिहरु एकठाउमा उभिनु जरुरी छ।