गुल्मीको धुर्कोटबाट तम्घासका लागि छुटेको जिप दुर्घटना, एक जनाको मृत्यु, चार जना घाइते


मनोज पाण्डे  
गुल्मी  ३१ असार । । गुल्मीमा जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । जीपको ठक्करबाट मोटरसाइकल चालक तानसेन नगरपालिका–१४ अर्गलीका ३० वर्षका सुदन पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
दुर्घटनामा परी जीपमा सवार चार जना घाइते भएका छन् । धुर्कोटबाट तम्घास आउँदै गरेको भे १ च १९४३ नम्बरको जीपले रेसुङ्गा नगरपालिका–४ अर्खलेमा लु ५५ प  ७०८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । मोटरसाइकल चालक पाण्डेको उपचारका लागि गुल्मी अस्पतालमा ल्याउने क्रममा मृत्यु भएको जिल्ला  प्रहरीले जनाएको छ ।

अन्य समाचारहरु