प्रधानमन्त्री सामु देखिएका चुनौती


 
काशीराम घिमिरे 
पाणिनी -४ पटौटी अर्घाखाँची
एक बर्षदेखिको राजनितीक उतारचढाब बिच देशमा नपत्याउनेगरि राजनिती फेरिएको छ। तत्कालिन प्रधानमन्त्री केपि ओलिले लगभग दुई तिहाईको नजिकको सरकार आफ्नै पार्टी भित्र मनमुटाव हुँदा उहाँ सत्ताबाट बाहिरिनु भएको छ ।
आफ्नै पार्टिका संसदले सेरबहादुर देउवालाई मत दिन पुगेपछी र त्यसैले गर्दा नै संसद विघटन हुँदा फेरि र त्यो बिरुद्ध सर्बोच्चमा रिट हुँदापनि सर्बोच्चले संसद पुनर्बाहली गर्दा ओलि बाहिरिनु भएको हो।देशले भर्खर नयाँ प्रधानमन्त्री पाएको छ।चायोभने जे कुराको संभावना हुन्छ भन्ने यसबाट पाउन  सकिन्छ।तरपनी दलहरु फेरिपनी नयाँ युवा नेतृत्व ल्याउन भने असफल भएका छ्न ।यसअधि पटक पटक प्रधानमन्त्रीबनेका देउवाले नेतृत्वमा बाजि मार्नुभएको छ।यसभन्दा आगाडी खासै काममा प्रभाबमा नदेखिनु भएका देउवा यसपटक फेरिदोहोरिएर आउनु भएको हो।खास त यसभन्दा अगाडि एउटा साझा सवालको कार्यक्रममा एक युवाको प्रस्नको उत्तर दिनेक्रममा उनी झोकिएको भिडियो अझैसम्म हेर्न सकिन्छ।बिगतमा जस्तो कमिकमजोरी र असफलता यसपटक नहोस सुधारगर्दै जानुहुनेछ भन्ने अपेक्षा राखौं यो समय देशमा कोरोना प्रकोपको कारण धेरै क्षेत्रमा असर छ कोरोनाको प्रकोपको कारणले आर्थिक क्षेत्र नराम्रोगरि प्रभावित भएकोछ।यसलाई सहिगतीमा ल्याउनको लागि र बिदेशी ब्यापार लाई सन्तुलनमा ल्याउन पनि प्रमुख समस्या छ। अर्थतन्त्र चलाएमान बनाउन औद्योगिक क्षेत्रलाई पुनगती दिन रोजगारी सृजना गरि बेरोजगार हटाउन ।देशमा राजनीतिकगति हरु पुनरवत अबस्थामा राख्न लोकतन्त्र र गणतन्त्र लाई रक्षागर्न देशामा शान्ति सुरक्षा कायम गर्न कोरोनाबाट प्रभावित लाई राहत तथा सहुलियत र तत्काल कोरोनाको खोपल्याइ सम्पुर्ण नेपाली जनतालाइ खोपको ब्यबस्था गर्न तत्काल निकै चुनौती रहेको छ।
प्रथम चुनौती त देउवालाई यहीँ एक महिनामा बिश्वासको मत लिनुपर्ने हुन्छ त्यो नै प्रमुख चुनौती नै छ ।नेपाली काङ्ग्रेस ,माओवादी र राजपा लगाएत पार्टी मिल्दापनी स्पष्टबहुमत आउन गार्‍हो छ किनभने राजपामा फाटो छ दुई गुट देखिन्छ र खास त माधब नेपाल र प्रचण्ड मिलि उक्त संख्या पुर्याएको हुँदा अहिले बिश्वासको मतमा त्यो संभावना देखिन्न किनभने एमालेमा अहिलेको परिस्थिति फरक छ एमाले एकजुट हुँदै छ क्रस मत तत्काल जाने संभावना छैन जसले गर्दा देउवालाई यो प्रमुख चुनौती हुन्छ।
यदि बिश्वासको मत पाएत ठिकै छ करिब डेढ बर्ष शासन सत्ता चलाउन सक्नुहुन्छ नभएमा पनि तत्काल छ् महिना भित्र चुनाव गर्ने पनि प्रमुख चुनौती उहाँमाझ आउछ ।त्यसो त उहाँले नै डेढ बर्ष सत्ताचलाएमा पनि चुनाब यहीँ सरकारले नै बनाउने हो ।यो दुई बर्षको अवधिमा बिस्वभर नै कोरोनाको प्रकोप ,महामारीले गर्दा पर्मुख समस्या हुन गएको छ ।यो परिस्थिति को सामना बिस्वभर नै 
सचेतना र कोरोना विरुद्धको खोपनै गतसाल भन्दा यो अहिलेको परिस्थिति त फेरिएकोछ यो अबस्थामा बिस्वमा नै यसको खोप अहिले धेरै रास्ट्रले सफल परिक्षण पछि बजार ल्याएकाछ्न र लगाइ सकेका छ्न यो बर्ष यसको असर बिस्वमा देखिएता पनि धेरै रास्ट्रले यसको खोपको प्रयोगलेअसरकम गर्न सफल भएकाछ्न यो बर्ष युरोप अमेरिका जस्ता ठाउँमा प्रभाब कम देखियो। जसले गर्दापनि देशमा यस्को खोप अघिल्लो सरकारले खोफहरु ल्याइ केही लाख लगाएको छ र प्रभाब कारितापनी छ जसलेगर्दा
यो परिस्थितिमा बिदेसबाट देशका सम्पुर्ण नागरिकलाई यसको खोप लगाउनु पर्ने एउटा चुनौती छ।
यो अबस्थामा प्रधानमन्त्रीले देशमा राजनितीक निकास निकाल्नु पर्छ।सबै सँग मेलमिलापको बाताबरण बनाउने ।अर्थतन्त्र तत्काल चलायमान गराउनु पर्छ।विभिन्न ब्यापारीक लगाएत सम्पुर्ण क्षेत्रमा पुनर कर्जाबढाइ जिवन्त् दिन सक्नु पर्छ ।कसरी हुन्छ बिस्वासको मतलिने वातावरण बनाउने गर्नुपर्छयदि हुँदैन भने चुनावको बाताबरण बनाउने गर्नुपर्छ।चुनाव ढिलो वा छिटो यो सरकारले नै गर्ने हुँदा त्यसको तयारी गर्नुपर्छ।दुई देशबिच सिमा बिबाद तत्काल सुल्झाउनुपर्छ।बाढिपिडित लाई राहत बितरण साथै देशमा लोकतन्त्र गणतन्त्रको सुरक्षागर्नको लागि यी हिजोका उपलब्धी हरुलाइ रक्षागर्नुपर्छ जसले गर्दा प्रधानमन्त्री साथै यो सरकार लाई धेरै चुनौती छ ।यो सम्पुर्ण चुनौतिको जे कसरी कुन तरिका बाट सामना गर्नुहुन्छ प्रधानमन्त्रीले साथै उहाँको सरकारले त्यो आगामी दिनमा हेर्न बाँकी छ।