प्रवासी नेपाली संघ भारत नगर समिति उत्तर लुधियाना र दक्षिण लुधियानाको अगुवा कार्यकर्ता भेला सम्पन्न


धर्म राज पन्थी
लुधियाना  (अर्घाखाँचीडट्कम) ।  प्रवासी नेपाली संघ भारत नगर समिति उत्तर लुधियाना र दक्षिण लुधियानाको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ ।
 
अगुवा कार्यकर्ता भेला संघका प्रमुख सल्लाहकार  हरि प्रसाद घिमिरेको प्रमुख अतिथित्यमा आईतबार सम्पन्न भएको हो । 
भेला  हरिराम घिमिरेको अध्यक्षतामा र सचिव थमन सेजवालको सन्चालनमा सम्पन्न भएको थियो । 
कार्यक्रममा विशिष्ट अतिथि केन्द्रीय सचिव छविलाल भट्टराई र केन्द्रीय सचिवालय सदस्य कृष्ण प्रसाद भट्टराई तथा अतिथिहरुमा केन्द्रीय सदस्य हरि खनाल ,केन्द्रीय सदस्य  खिम बहादुर रेश्मी लगायतको उपस्थिती रहेको थियो । 
भेलामा राज्य सचिवालय सदस्य नारायण दत्त भट्टले स्वागत मन्तव्य दिनु भएको थियो ।