नियम कानून भन्दा माथि जानेलाई छुट हुन सक्दैन


काशीराम घिमिरे 
पाणिनी -४पटौटी 
अर्घाखाँची
जुनसुकै काममा पनि नियम कानुन हुने गर्छ।नियम कानुनने के काम गर्न हुन्छ के हुँदैन भन्नेबारे एउटा सुत्रभित्र राखेको हुन्छ ।हरेक काममा नियम भित्र बस्दा कामहरु राम्रो हुने र त्यसैअनुसार सफलता पाउन पनि सकिन्छ।कुनैपनी ठाउँमा सफलता पाउनको लागि धेरै मिहनेत गर्नुपर्छ ।
यो समयमा राम्रो काम गरेमा मात्र आउने समयमा त्यसको पर्तिफल राम्रो पाउन सकिन्छ।हरेक काममा सफलता पाउन गाह्रो हुन्छ ।असफल हुन सजिलो छ चाडैं हुन्छ तर सफल हुन गाह्रो छ।कुनैपनी मान्छे घरभित्र बाहिर सस्थामा वा जुनसुकै क्षेत्रमा यदि नियम भित्र बस्यो भने टिक्न सक्छ यदि सकेन भने मानेन भने त्यो ब्याक्तिको भबिस्य लामो हुँदैन उ त्यहाँ टिक्न सक्दैन ।कुनै नियम अन्तर्गत नभएमा दीर्घकालीन भबिस्य हुँदैन ।त्यसैको कुरागरौ एमाले पार्टीको करोडौं जनताको आस्थाको केन्द्रबिन्दु बनेको एमाले आजकिन यो अवस्थामा आइपुग्योत आखिर यो पाटिको निर्माण गर्न दुईचार जना सिमित ब्यक्तिको मात्रहात छ मनमोहन ,मदन ,पुषलाल देखिनिर्माण भएको यसको लागि निर्माण गर्दा योगदान दिने सहिदको योगदान लाईकिन भुलिदैछ ।किन त्यत्रो अवसर पाउदापनी पार्टीले त्यो अनुसार काम गर्न किनसकेन । यो पार्टिभित्रका स्वार्थी ब्यक्तिको कामले गर्दा आज यो अबस्थाआएको हो।
माधब नेपालले पार्टिमा लामो समय सम्म मुल नेतृत्वमा रहि काम गरेका हुन तर उनिले पार्टिलाइ कहिल्यै पनि सबैभन्दा ठूलो बनाउन सकेनन ।खासत उनी पार्टीमा राम्रो दीर्घकालीन निर्णय गर्न सक्दैनन ।आफुपनी नगर्ने तर अरुलाइ पनि गर्न नदिने एउटा पर्तिसोतात्मक धारणा उनिमा छ।जसको कारण आज पार्टीमा यो अबस्था आएको हो।जतिपनी अन्तर संघर्स पार्टिभित्र बसेर गर्नुपर्थ्यो त्यो भएन ।आफ्नै पार्टीको सरकार एकातिर र अर्कोतिर उनी समुहको बिरोध ,सरकार पनि उहिपार्टिको र बिरोद पनि उसैको।जसले गर्दा बिपक्षी सँग मोर्चाबन्दी गर्न पुगे आफ्नै पार्टीको सरकार बिपक्षीलाई सुम्पिन पुगे ।यदि उनी र उनिपक्ष नेताहरुले बिपक्षीलाई मत नदिएको भए सायद दोस्रो पटक संसद बिगटन हुने थिएन होला। सबैभन्दा पहिले त उनिहरु नै पहिल्यै नै बिपक्षी मोर्चा निर्माण गरिसकेको कारण बाट दोस्रो पटक संसद विघटन हुनगएको हो।त्यसो त उनिले ओलि प्रधानमन्त्री भएपछी नै फरक मत राख्दै आएका थिए ।ब्यक्तिगत रिसको कारण बाटदेश र जनतालाई र त्यो विशाल मतलाई ब्यवास्था गर्नु मिल्छ।
जतिपनी यो सरकारलाई पार्टिको निर्णय बिरुद्ध गइ मतहाल्ने संसद छ्न ती संसद लाई पार्टीको नियम कानुन अन्तर्गत तत्काल कारबाही पर्कृया अगाडि बढाउनुपर्छ किन भने हरेककुरामा आफुखुसी चल्ने बानी र परिपाटिले भोलिको दिनमा झन समस्या आउन सक्छ।पार्टिको नीति सिद्धान्त बिपरित कामगर्ने ब्यक्ती बिरुद्ध तत्काल छिटो निर्णय गरि उनिहरु लाई कानुनी कार्बाही गरि पार्टीबाट निष्कासन गर्नुपर्छ।लाखौंजनता र बिसाल सक्षम कार्यकर्ता रहेको पार्टिमा अग्रज ब्यक्तिहरुको राम्रो कामको सम्मान त गर्न सकिएला तर नराम्रो र पार्टी र देशको लागि नै आघात पुग्ने कार्यगर्ने नेतालाई राम्रो मान्न सकिँदैन ।हरेक काममा नियम सङ्तहुने गर्छ।
अवको एमाले निकै सच्चिन जरुरी छ गतचुनावमागरेका जनतापर्तिका बाचा पुरागर्न अहिले देखि नै लाग्नुपर्छ पार्टिका असन्तुष्टि हरुलाइ तत्काल सम्बोधन गर्नुपर्छ।अवपार्टिमा नयाँ युवासक्ती लाई नेतृत्वमा ल्याउनु पर्छ।हरेक संगठनमा सक्षम युवा र नेतृत्वदाइ शक्ति अगाडी बढ्नुपर्छ ।पार्टिलाइ पुर्बवत अबस्थामा फर्काउन देशभरी संगठन सुदृढ अभियानमा लाग्नुपर्छ ।अवको एमाले पार्टिले आगामी दिनमा अहिले जस्तो गल्ती गर्नुहुदैन।यो देशलाई शासन संचालन गर्न देशबिकास गर्न सुखीनेपाली सम्बृद्ध नेपाल निर्माण गर्न र त्यो नाराको नेतृत्व अब युवा सक्तिलाइ दिन जरुरी पनि छ बर्तमान नेतृत्वले आफ्नो पद हस्तान्तरण गर्नु सक्नुपर्छ र आगामी चुनावमा एमाले एउटा ससक्त पार्टी भइ पुन जनमाझ आउनु पर्छ।