लुम्बिनी प्रदेशसभामा कल्पना पाण्डेय सहित जनता समाजवादी पार्टीका तीन जना सांसद पदमुक्त


सी. पी. खनाल देशसन्चार
बुटवल– लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) का तीन जना सांसद पदमुक्त भएका छन्।
प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई पदमुक्त गरेको जानकारी दिएका हुन्।
सांसदबाट पदमुक्त भएका तीनै जना मन्त्री पनि हुन्।
उनीहरुले सांसद पद थमौतीका लागि दिएको मुद्दा सर्वोच्चमा विचाराधीन छ।

अन्य समाचारहरु