अमर पुन
शान्तियागो, आईतवार २४ साउन २०७८ एकिके चिली । दक्षिण अमेरिकी मुलुक चिलीमा सन २०१३ मा स्थापना भएको नेपाली समाज चिली कोतेस्रो अधिवेशन आईतवार सम्पन्न भएको छ ।
नेपाली समाज चीली स्थापना काल देखि विभिन्न सामाजिक कार्य गर्दै आएको चिलीनिवासी नेपालीहरुको साझा सस्था नेपाली समाज चिलीको तेस्रो अधिवेशनले शिवहरी वस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति गठनभएको छ ।
दक्षिण अमेरिकी मुलुक चीलीको एकिकेमा सम्पन्न अधिवेशनवाट नयाँ कार्य समिती चयन गरेको छ । अध्यक्ष शिवहरी बस्नेत,महिलाउपाध्यक्ष शान्ता सापकोटा, महासचिव श्रीराम पौडेल, सचिव श्याम गाहा, कोषाअध्यक्ष रामजी लामिछाने, कार्यसमिति सदस्य अनामिकासारु, खगेन्द्र राणा र सन्तोष ढुंगाना सर्वसहमत चयन हुनु भएको छ । नयाँ कार्यसमितिका रिक्त पदहरु कार्यसमितिले पछि मनोनीत गर्नेभएको छ ।
नेपाली समाज चीली को तेस्रो अधिवेशनले नेपाल समाज चिली का संस्थापक – संरक्षक डिल्लीराज घिमिरेलाई अन्तर्राष्ट्रिय परिवेक्षक मा सर्वसम्मत मनोनयन गरेको छ ।
अधिवेशनले नेपाली समाज चीलीको सल्लाहकारमा संस्थापक अध्यक्ष कृष्ण थापा, संस्थापक सहसचिव कमल पाण्डे, र संस्थापकसदस्य तिलक राम घिमिरे लाई मनोनयन छ । नेपाली समाज चीली को कानुनी सल्लाहकारमा संस्थापक महासचिव अमर पुनः लाईमनोनीत गरेको छ । नेपाली समाज चीली को तेस्रो कार्य समितिको मुख्य प्राथमिकतामा नेपाली समाज चीली लाई यथासिघ्र नेपालीनियोग र चिलि सरकारमा आधिकारिक रुपमा दर्ता गर्ने मुख्य एजेंडा रहेको छ । – तस्वीर अमर पुनः/अर्घाखाँची डटकम् ।

२६ मार्च २०१७ मा निर्वाचित कार्यसमिति आज २०७८ साउन २४ तदनुसार ०८ अगस्त २०२१ वाट आधिकारिक विदाई भएको छ ।
२०७० अश्विन २४ विहीवार तदतनुसार १० अक्टोवर २०१३ मा स्थापना गरिएको नेपाली समाज चीली को पहिलो पत्र र माईनेट यस्तो रहेको थियो ।