पत्थरकोटमा अमरज्योति क्लबद्धारा कोरोना सम्बन्धी सचेतना सन्देशसहित मास्क वितरण


भक्ती राम घिमिरे
पत्थरकोट, कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका -१ पत्थरकोटमा रहेको अमरज्योति क्लबले कोरोना सम्बन्धी सचेतना सन्देशसहित मास्क वितरण गरेको छ ।
पत्थरकोट बजारका स्थानीय र पौदल यात्रु, यातयात सवार यात्रु तथा चालक सह चालकलाई कोरोन सचेतना सन्देशसहित मास्क बितरण गरेको क्लबका सदस्य निरज भुसालले बताए ।
कार्यक्रममा क्लबका अध्यक्ष दिपक भुसाल कोषाध्यक्ष पारसमणि भुसाल लगायतको उपस्थिति रहेको थियाे ।
पत्थरकोटमा कोरोना फैलिदै गएपछी कोरोना बाट बच्न माक्स अनिवार्य लगाउनु पर्ने भन्दै क्लबले जनचेतना जगाउदै माइकिंग गर्दै माक्स वितरण सहित पत्थरकोट परिकर्मा गरेको क्लबका अध्यक्ष दिपक भुसालले बताउनु भयो । पछिल्लो समय अमरज्योति क्लबले विभिन्न सामाजिक काममा सक्रियता देखाउँदै आएको छ ।

अन्य समाचारहरु