लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले ७ सदस्यीय मन्त्रिमण्डल विस्तार गरे


लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले ७ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका छन्। बिहीबार साँझ आफूले मुख्यमन्त्रीको सपथ ग्रहण गरेलगत्तै मुख्यमन्त्री केसीले थप ६ जना सम्मिलित मन्त्रिमण्डल बनाएका हुन्।
नेकपा माओवादी, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सम्मिलित गठबन्धनका तर्फबाट सरकारमा सहभागी भएका ६ जना मन्त्रीहरूले प्रदेश प्रमुख अमिक शेरचनबाट सपथ ग्रहण गरेका हुन्। यसअघि विनाविभागीय राज्यमन्त्री बन्ने चर्चा चले पनि विमला ओलीलाई केसीले मन्त्री बनाएनन्।
बिहीबार सपथ लिने दाङ निर्वाचन क्षेत्र नं. ३ (क) बाट निर्वाचित डिल्ली चौधरी ग्रामीण तथा सहरी विकास मन्त्रीमा नियुक्त भएका छन्।
आर्थिक मामिला तथा योजना मन्त्रीका रूपमा कृष्णध्वज खड्का र भौतिक पूर्वाधार विकास मन्त्रीका रूपमा सहसराम यादवले सपथ लिएका छन्।
अन्य तीन जना भने विनाविभागीय मन्त्री बनेका छन्। विनाविभागीय मन्त्रीको रूपमा सपथ लिनेहरूमा अजय शाही, सुमन शर्मा रायमाझी र पुर्मती ढेंगा रहेका छन्।
ग्रामीण तथा सहरी विकास मन्त्री चौधरी नेपाली कांग्रेसका हुन् भने कृष्णध्वज खड्का माओवादी केन्द्र तथा सहसराम यादव जनता समाजवादी पार्टीका हुन्। 
त्यस्तै, विनाविभागीय राज्यमन्त्रीमा सपथ ग्रहण गरेका पुर्मती ढेंगा र सुमन शर्मा रायमाझी जनता समाजवादी तथा अजय शाही सूर्य चिन्ह लिएर स्वतन्त्र रूपमा निर्वाचित भएका थिए। सेतोपाटीमा समाचार छ ।  

अन्य समाचारहरु