जन्मभुमी स्थानिय सरकार राजनिती र नेतृत्व


अभिमन्यु प्रोखरेल
तपाई हाम्रो जन्मभुमी जहाँ तपाईं जन्मनु भयो हुर्कनु भयो पढनु भयो अनि आज तपाईं जहाँ हुनुहुन्छ त्यहा सम्म पनि पुग्नु भयो आखिर आधार त्यही हो जो अहिले झन्डै मरभुमी जस्तै छ । बाझा जमिन, सागुरा बाटा चिल्ला आगानमा घासै घाँस मन्दिरका छानामा झारैझार दसैको न्वामिको दिन हजारौं जना जम्मा हुने ठाउँ सुनसान , नुन देखि तरकारीमा सम्म बजारको भर आम्दानी को लागि बैदेशिक यात्रा र शिक्षा , स्वास्थको लागि सहरबजार घरमा आमा बाबा एकलै मर्दाको मलामी खोज्दा जेनतेन बीस जना मात्रै ,यो सव तपाईं सानो छदा भोग्नु र जान्नु भएको थियो  ?
अनि अहिले भन्नू हुन्छ रे पहिले भन्दा अहिले गाउँ त खतम भएछ सुनसान केही नरमाइलो नेताले केही गरेन्छन कामै नलाग्ने नेता, पुरै खाए लुटे खत्तम इत्यादि । यो भन्ने अधिकाम्स मेरो उमेरका जो आफुलाइ जान्ने बुझ्ने र केही हुम भन्ने र युवा बताउनेहरु । मेरो प्रश्न तपाईं सबैलाई तपाईंको जीवन बदल्न तपाईलाई धेरैमा दस, बर्ष लाग्यो होला अनि तपाइलाइ थाहा छ अझै पनि तपाईं संघर्षमै  हुनुहुन्छ र  निरन्तर तपाईंको मेहेनतले अबश्य सफल हुनुहुनेछ । यो प्रशङ्ग किन जोडे भने व्यक्ती सफल र सुखी हुन धेरै समय नलाग्ने तर देशको सम्पुर्ण लागानी परेको तपाई हाम्रो गाउँ या गाउपलिका सधै पछि पर्ने किन त भन्ने कुरो र यसको समस्या र चुनौतीको बारे अल्लि मन पेट खोलेरै लेख्ने आट गरे महिले कि हामी जो जहाँ संबंधित छौ सबैले आफनो आत्म समिक्षा गरौकी हाम्रो समाजको समृद्धि  र बिकास किन भएन भनेर ? हो तपाई हामीले सिधा हिसाबले भन्न सक्छौकि कहि न कतै कमजोरी भए ,त्यति  मात्रै होइन फिटिक्कै ज्ञान र सुजबुझ  देखिएन, जसले  हामीलाई समृद्धि को सपना देखाए र आफू नेतृत्वमा पुगे तिनिहरुमा ! काम जे हुनु पर्ने थियो त्यो हुँदै भएन जो हुन असंभवता पनि थिएन । 
हो अब गाली गलौज र धिकार गरेर केही पनि हुदैन, सोच्ने बेला हाम्रो हो जसले समाज टोल र गाउको हेक्का राख्छ चिन्ता गर्छ र साच्चिकै सुशासन र समृधी चाहान्छ । हामी जस्ता नेता उस्तै किनकी हामिले मतदिने नेताको स्तर वाैधिकता लगनशीलता र विवेकता हाम्रो भन्दा पनि कम मात्रै होइन निकै तल्लो स्तरमा छ भने किन हामी भोट दिने नेता मान्ने या पछि लाग्ने ? प्रश्न र मुल कुरो यहिनीर छकी क्षमता र भिजन नभएको नेतृत्वले आश्वासन पक्कै दिन्छ सपना पक्कै बाड्छ तर व्यवारमा राम सङ माग्ने वर रावण सङ माग्दा के हुन्न्छ पक्कै त्यस्तै नै हुनेछ भन्ने प्रमाण हाम्रा वरिपरि अहिले अनुभव बाटै प्रमाणिात छ ।हामी अबको दिनमा आश देखाउने तर कर्म पट्क्कै नगर्ने राजनीतिलाई मुख्य पेशा बनाएर घरमा चिया गफ र पुजा आजामा सघाउने भैंसी बाख्रा बिक्रि बितरणमा सघाउने ब्यक्तिलाइ भावना बगेर समर्थन गर्ने कि साचिकै समृधि र  विकासको खाकाको बृत्तचित्र देखाइ भोट माग्ने लाई स्थानिय नेता बनाउने भन्ने अर्थले भाबी हाम्रो जन्मभूमिको भविस्य निर्धारित हुनेछ। हाम्रो समाज यत्रतत्र देखिएको सबै भन्दा ठूलो रोग केही पनि हुदैन यस्तै हो जुन जोगि आएपनि कानै चिरेको भन्ने जस्ता बिकाराल मनोरोगले अधिकाम्स सोझा जनतालाइ घेराबन्दी गरिएको छ यसलाई चिर्न सकिएन भने अवश्य पनि फटाहा लोभी र निज सोचबाट ग्रसित मानिसहरुको हातमा स्थानीय सरकार पर्ने छ र हाम्रा सपना चकनाचुर हुनेछन कि नया सोच बिचार योजना भिजन र केहि गर्न सकिन्छ आफनै पहलमा भन्ने हरुकालागी यो बाधक र हतोत्साहित बनाउने तत्व पनि बन्न सक्छ ? जसले समाजमा केहि गरौ व्यक्तिगत जीवन भन्दा सामाजिक जीवन महत्त्वपूर्ण हुन्छ,  हामिले नगरे कस्ले गर्ने मेरो योगदान समाजको लागि भन्नेहरु माथी उल्लेखित तत्वको सिकार बन्ने सम्भावना उत्तिकै हाम्रो वरिपरि छ र यसलाई चिर्न सक्नु पर्छ र परिवर्तन सम्भब छ हाम्रो पालामा भन्ने निश्कर्स मा म पुगेको छु ।हामी समाजमा अर्को रुढीबादी सोच जो आज विकासको वाधक बनिनै रहेकोछ जो राजनीतिक पार्टीले समाजमा लादिनै राखेका छन कि हिजो जसलाई भोट हालियो आज पनि उहीँ पार्टिमा अर्थात उसले काम गरोस नगरोस लुटोस या केही पनि देखिने काम नगरोस म यो पार्टी  त्यो उ पार्टी ! 
यसमा अल्लि पढेलेखेका युवा युवती र शिक्षक बौद्धिक वर्गले पनि सोच्ने समय आयो कि भन्ने मलाइ लाग्छ कि कति समय पार्टीको नाउमा देशको ढिकुटिमा रजाइँ गर्ने ?हो आफुले योगदान लेभी र मेहनत गरि हुर्काएको पार्टीको माया लाग्नु स्वभाविक नै हो तर पार्टीको नाउमा केही पनि गर्ने क्षमता नभएको मुर्तिलाई कहिले सम्म भोट माग्ने वा दिने ? बौद्धिक बर्गलाइ मेरो आग्रह यहि लेख मार्फत आग्रह गर्न चाए सक्नु हुन्छ भने आउनुहोस जोश र बेजोड इच्छाशक्तिको साथमा गाउँ बनाइने भिजन लिएर पार्टीबाट टिकट लि आफनो लागि भोट माग्नुहोस जसले समाजरुपान्तरण पक्कै हुनेछ होइन भने पार्टीको नाउमा मूर्तिलाई कहिले सम्म भोट माग्ने ? 
युवा सङ माथी उल्लेखित गाउँ बनाउने भिजन सोच इच्छा शक्ति र केही नया गरौ भन्ने आट पक्कै हुन्छ त्यसैले जुनसुकै पार्टिमा आवद्ध भए पनि त्यस पार्टीको नेतृत्वदाही भुमिकामा आउन वा पाउन हस्तक्षेपकारी भुमिका खेली प्रतेक  वडा देखि गाउपालिका सम्मका जनप्रतिनिधि पदमा नया योजना सोच  चिन्तन भिजनमा युवा नेतृत्वले वहस नगरी पार्टीको नाउना मूर्तिलाई मतदान नगरी रुपान्तरणको खाकाको आधारमा इमान्दार ब्यक्तिलाई बहुमतले विजय गराइ समृद्व गाउँपालिका सुखी जनताको महसुस गर्न सकिन्छ केही वर्षमा  भन्ने पुर्ण भरोसाका साथ सबैलाइ धन्यवाद ब्यक्त गर्दै सकारात्मक सुझाव सल्लाहको प्रतिक्षामा बसिरहेको हुनेछु । 
धन्यवाद ।।।