धर्मराज पन्थी
लुधियाना (अर्घाखाँचीडट्कम) । प्रवासी नेपाली संघ भारत केन्द्रीय सचिवालयको विस्तारित बैठक संघका अध्यक्ष लोकनाथ भण्डारीको अध्यक्षतामा सम्पन्न भएको छ ।
अनलाईन मार्फ़त गरिएको कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले का महासचिव तथा पुर्व उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेल रहनु भएको थियो । अनलाईन मार्फ़त गरिएको कार्यक्रमको अतिथिमा नेकपा एमाले केन्द्रीय सदस्य तील विश्वकर्मा,संघका प्रमुख सल्लाहकार हरि प्रसाद घिमिरे रहनु भएको थियो ।
प्रवासी नेपाली संघ भारत को औपचारिक कार्यक्रममा अनुशासन र व्यवस्थापन अति राम्रो रहेको साथै समयको माग अनुसारका विषयहरुमा प्रतिवेदन प्रस्तुत गरिएको सचिवालय सदस्य विकाश रेष्मीले अर्घाखाँची डटकमलाई जानकारी गराउनु भएको छ । औपचारिक कार्यक्रममा प्रमुख अतिथिले प्रवासी नेपाली को सम्मान गर्दै प्रतिवेदन लाई अनुमोदन गर्नु भएको थियो ।
प्रवासी संघ ले अति व्यस्तता भएर पनि आफ्नो अमुल्य समय लाई दिनु भएकोमा हार्दिक कृतज्ञता व्याक्त गर्दै यसलाई निरन्तरता दिनको लागी अनुरोध गरिएको थियो ।
– तस्वीर विकाश रेश्मी ।