कोरोना विमाको भुक्तानी हुन सकेन्


चिरञ्जीवी पौडेल
(शिक्षक जनज्योति मा.वि. सन्धिखर्क)
कोभिड इन्स्योरेन्सले नेपालमा इन्स्योरेन्स क्षेत्रकै छवी धमिलो बनाएको छ ।  संसारमा कहिँ नभएको महामारी लक्षित इन्स्योरेन्स बिमा समितिको पहलमा सबै निर्जीवन बिमा कम्पनीहरुले आफैले ल्याएर हुन् । 
सुरुमा यस्तो प्रकारको इन्स्योरेन्स प्रोडक्ट ल्याउदा सबैले ताली बजाएका थिए तर त्यो प्रोडक्टनै इन्स्योरेन्सको मानकको बिरुद्धमा थियो । धेरैजना जसलाई पहिलो चरणमा कोरोना पोजेटिभ देखियो तर कुनै लक्षण देखिएन र  भुक्तानी पाए उनीहरुलाई चिट्ठा परेजस्तै भयो । 
जब दोश्रो लहरको कोरोना आएर बिमा कम्पनीहरुले धान्नै  नसक्नेगरी  हजारौं भुक्तानी दावीहरु पर्न थाले यो पोलिसी आफैमा दिगो रहेनछ भन्ने पुष्टि हुन थाल्यो र अहिले आएर हजारौं मनिसहरूले  महिनौंदेखी भुक्तानी पाउन सकेका छैनन् । 
इन्स्योरेन्स कम्पनी हरुले राज्यबाट उपलब्ध रकम प्राप्त नहुदा भुक्तानी गर्न नसकेको भनिरहेका छन् । राज्य र इन्स्योरेन्स कम्पनीहरु मिलेर नियम र कानुन अनुसार आआफ्नो जिम्मेवारी पुरा गरि यस समस्याको  तत्काल समाधान  गर्न नसकेमा इन्स्योरेन्स क्षेत्रमा यसको प्रभाव निकै डरलाग्दो देखिनसक्छ । 
यसै त अधिकांश नेपालीहरुलाई बिमा ब्यबसायप्रति सकारात्मक बनाउन नसकिएको अवस्थामा आम मानिसहरुको बिमा ब्यबसायप्रति विश्वास हराएर जाने निश्चित छ र यसले बिमा ब्यबसायको बिस्तारमा नै लामो समयसम्म नकरात्मक प्रभाव पर्ने देखिन्छ किनभने बिमा भनेकै विश्वासको व्यापार हो ।