अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । आफ्नो ब्यक्तिगत सम्पती भोगचलन, किनबेच गर्न पाउनु नितान्त ब्यक्तिगत अधिकारको कुरा हो तर कतिपय अवस्थामा यस्ता कुराहरुमा जटिल समस्याहरु उत्पन्न भएको देखिन्छ । विभिन्न पारिवारिक ईतिहास र सम्बन्धहरुमा आएको खटपट र समस्याहरुले कहिलेकाही मानिसहरुलाई गम्भीर मोडमा पुर्याइदिन्छ । सम्झदा सामान्य लाग्नसक्ने यस्ता क्रियाकलापले हाम्रो समाजमा गम्भीर समस्या र जटिल घटना घटेका प्रसस्त उदाहरण देखिएका छन् ।
यस्तै आफ्नो ब्यक्तिगत सम्पत्ति किनबेचको सन्दर्भमा आफुमाथी हातपात तथा गाली बेइज्जती भएको तर उल्टो आरोप लगाई सामाजिक संजालमा बेइजती गर्ने तथा धम्की दिने गरेको भन्दै अर्घाखाँचीका चार जना बिरुद्ध काठमान्डौमा बस्ने महिलाले गाली बेइज्जती बिरुद्धको मुद्दा दायर गरेकी छन् । सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोट बस्ने मधुबिक्रम शाहको श्रीमति कल्पना अधिकारी शाह, प्रशंसा शाह, बर्दियामा बस्ने दिपक अधिकारी अंगिता अधिकारी लगायतलाई बिपक्षी बनाई उनले मुद्दा दायर गरेकी छन् ।

घटना हो २०७८ भाद्र ४ गतेतिरको- “काठमान्डौमा रहेर मानबधिकारका बिषयमा कार्य गर्दै आएकी सीता बोहरा बर्दियाको गुलरिया ६ मा रहेको आफ्नो जग्गा हेर्न र निरिक्षण गर्न गुलरिया ६ पुगिन त्यहाँ अर्घाखाँचीकी कल्पना अधिकारी शाह र उनकी छोरी प्रशंसा बोहरालाई आक्रमण गर्ने उदेस्यले गुलरिया पुगे अनि अन्य चार पाँच जना मिली उनलाइ लछारपछार गरेको, लगाएका कपडाहरु च्यातिदिएको, लछारपछार गर्नेक्रममा भिडियो बनाएर भाइरल गर्ने धम्की दिएको उनको आरोप छ । आफुमाथी चार पाँच जना मिलेर लछारपछार गर्दा ज्यान जोगाउन भाग्ने प्रयास गर्दा कल्पना अधिकारीको भाई दिपक अधिकारीले प्रहरी बोलाई मापसे गरेको आरोप लगाए तर आफ्नो कसुर नभएपछी सफाई पाएर त्यहाँबाट उम्कन सफल भएको उनको भनाई छ । प्रहरी सामु उलटै हातपात भएको र अंगिता अधिकारी घाइते भएको नाटक उनिहरुले गरेतापनी प्रहरीले शकुशल भनी क्लिन चिट दिएको तर अधिकारी परिवारले अंगिता अधिकारि शख्त घाइते भएर लख्नौमा उपचार गरेको भनी सामाजिक संजालमा गलत प्रचार गरि आफ्नो चरित्रहत्या गरेको सीता बोहराको भनाइ छ ।”
बोहराका अनुसार घटनाको कारण बर्दियाको गुलरियामा रहेको सीता बोहराको जग्गा बनेको छ । सन्धिखर्कका मधुबिक्रम शाह, उनकी श्रीमति कल्पना अधिकारी शाह, कल्पनाको भाई दिपक अधिकारीहरुले त्यो जग्गा हुत्याउन खोजेको उनले बताइन् । करिब ५० देखि ६० लाखसम्म पर्ने उक्त जग्गा उनिहरुले १०/१५ लाखमा दिने भए दे नत्र तलाई जे पनि गर्छौ भन्ने धम्की दिने गरेको उनले बताइन् ।
कल्पना अधिकारी शाह आफ्नो घर सन्धिखर्कबाट माइती बर्दियामा सम्पती हडप्ने उदेस्यले २१ बर्षिया छोरी प्रशंसा शाह समेतलाई लिएर गएको अनि त्यहाँ रहेको भाई दिपक अधिकारी र अंगिता अधिकारीको सहयोग लिएर आफुमाथी थिचोमिचो गरेको सिताको आरोप छ ।
पहिलेका दिनमा जग्गा आफ्नो नाममा गर्ने क्रममा पनि डिल्ली प्रसाद अधिकारिले रोकेका तर २०६९ कार्तिक २ को बर्दिया टाइम पत्रीकामा ३५ दिने सुचनापछि पुर्ण प्रकृया पुर्याएर आफ्नो नाममा गराएको सुचनासहितको प्रमाण बोहराले डट्कमलाई बताइन् । उक्त जग्गाको मासिक भाडा उठेको करिब ७००० पनि करिब डेढ वर्षसम्म डिल्ली प्रसाद अधिकारी र कल्पना अधिकारिले नै प्रयोग गरेको र जग्गा आफ्नो नाममा आएपछी पनि आफ्नो जग्गाको भाडा लिन अदालतमा उजुरी दिएपछी मात्र आफुले प्रयोगा गर्न पाएको सिताको भनाई छ ।
२०६८ सालमा सम्पती हत्याउने कल्पना अधिकारी उनको श्रीमान मधुबिक्रम शाह, डिल्ली प्रसाद अधिकारीले आफ्नो दुधे बालक बैभव अधिकारीलाई नजरबन्दमा राखेका थिए उक्त समयमा प्रहरिको सहयोग र रोहबरमा लिएको सोही बच्चालाई नागरिकता बनाउने क्रममा पनि उनिहरुले धेरै बाधा अबरोध पुर्याएको उनले बताइन् ।
विभिन्न बहानामा धम्की दिने तेरा सपनाहरु चकनाचुर पार्छौ भन्ने आफ्नो भएको जग्गा पनि हत्याउन खोज्ने दाउमा अधिकारी परिवार लागिपरेको र उनिहरुलाइ सन्धिखर्कका मधुबिक्रम शाहले पुर्ण रुपमा साथ दिएको बोहराको आरोप छ । मधुबिक्रम शाहले हामी ठकुरिपो हो त के सम्झेकी छस् दुनियाँमा कुनै शक्तिले केही गर्न सक्दैन तलाइ खतम बर्बाद पार्न सक्छौ भन्ने गरेको उनले बताइन् । प्रहरिले क्लिन चिट दिएर पठाएको बेलामा पनि आफूसंग आर्थिक लाभ लिने उदेस्यले मधुबिक्रम शाहले धम्की दिने गरिरहेको उनले बताइन् ।
यता दिपक अधिकारिले सामाजिक संजाल फेसबुकमा अतिरन्जित प्रचारबाजी गरि केही नभएकोलाई घाइते गलत प्रचार गरेको र भ्रम छर्न खोजेको बोहराको भनाइ छ । बोहराका अनुसार कल्पना र अंगिता अधिकारीले बारम्बार फोनमा मार्ने सम्मका धम्की फिने गरेको बताइन् ।
सन्धिखर्कमा बस्ने मधुबिक्रम शाह, उनकी श्रीमति कल्पना अधिकारी शाह , छोरी प्रशंसा साह बर्दिया गुलरिया ६ मा बस्ने दिपक अधिकारी, अंगिता अधिकारी मिलिजुली गरेका अन्याय र अपराधको आफुसंग पूरा प्रमाण रहेको पिडित बोहराले अर्घाखाँचीडट्कमलाई बताइन् ।
घटनाको योजना बनाउने र सम्पाती हत्याउने प्रयासमा कल्पना अधिकारिकी २१ बर्षिय छोरी प्रशंसा साहको मस्तिस्कमा गलत कुरा भरी उनका अभिवावकहरुले आपराधिक मानसिकता बिकास गर्दिएको बोहराले बताइन् ।
बिगतका दिनमा उनिहरु काठमाडौमा आउने बस्ने गरेको उक्त क्रममा अधिकारी परिवारले पुर्ण लाभ लिएको तर पछि बर्दियाको सम्पती हत्याउने प्रयास असफल हुने लक्षण देखिएपछि आपराधिक क्रियाकलाप गर्न थालेको उनको बोहराले तस्बिर सहित डट्कमलाई बताइन् ।
यी र यस्ता घटना भएपछि आफू र आफ्नो छोराको सुरक्षाको चिन्ता भएको भन्दै कानुन र मिडियाको शरणमा पर्न आफू बाध्य भएको उनको भनाई छ ।