हरियाणाको करनालमा न्यु सुपादेउराली टुर एण्ड ट्राभल्सद्धारा नयाँ शाखा बिस्तार (भिडियो, तस्बिर सहित)


ç
अर्घाखाँचीडट्कम संवाददाता
पंजाब, भारत (अर्घाखाँचीडट्कम) । न्यु सुपादेउराली टुर एण्ड ट्राभल्स प्रालीले  आफ्नो शाखा हरियाणाको करनालमा बिस्तार गरेको छ।
हरियाणाको करनालमा आईतबार न्यु सुपादेउराली टुर एण्ड ट्राभल्स प्रालीले आफ्नो नयाँ शाखाको एक कार्यक्रमका बीच उद्घाटन गरेको हो ।
नयाँ शाखाको न्यू सुपादेउराली टुर एण्ड ट्राभल्सका संस्थापक अध्यक्ष रबि शाहले उद्घाटन गर्दै करनालमा रहने नेपाली दाजुभाईहरुलाई सहज होस् भनेर सेवा विस्तार गरिएको हो प्राली अब भारतका सबै ठाउँ ठाउँमा शाखा विस्तार गर्दै जाने बताउनु भयो ।
साथै शाहले न्यू सुपादेउराली टुर एण्ड ट्राभल्सले नेपाल भारतमा आवत जावतमा सेवाग्राहीहरुको सुविधामा कुनै कमी नराख्ने बताउनु भयो ।
उद्घाटन समारोहमा संस्थाका अध्यक्ष बिश्नु भुसाल, उपाध्यक्ष दिनेश भुसाल, कोषाध्यक्ष  रामकिसान जोशी, सचिब टीका राम विश्वकर्मा, सदस्य तिलक बिसी लगायतको उपस्थिती रहेको थियो ।
न्यू सुपादेउराली टुर एण्ड ट्राभल्सले लामो समयदेखि नेपाल- भारतमा सेवा दिदै आएको छ ।