पाल्पाको रेडियो मुक्तिनाथद्वारा अर्घाखाँचीका पत्रकार पौडेललाई उत्कृष्ट लगनशीलता पत्रकारिताबाट सम्मानित


अर्घाखाँचीडट्कम संवाददाता 
पाल्पा । पाल्पा जिल्लाको रैनादेबी छ्हरा वार्ड नम्बर  ४ बाट प्रसारण  भैरहेको रेडियो  मुक्तिनाथ ९०.८ मेगाहर्जले आफ्नो १७ औ बार्सिकोत्सब आज मनाएकाे छ । 
बि.स २०६१ सालमा स्थापना भएको  यस रेडियोले ग्रामीण  भेगका जनताको मन जित्न सफल भएको  छ । रेडियोहरुको प्रतिस्पर्धाको बिच पनि यो रेडियो  समाज  केन्द्रित  हुँदै समाज को सत्य तथ्य  समाचर सन्कलनमा अग्र स्थानमा रहेको छ । 
यसै बिचमा  उत्कृष्ट  लगनशीलताको मुल्यांकन  गरि पत्रकार  माधव पौडेललाई सम्मान  गरेको छ । 
पौडेल  विभिन्न  रेडियो ,टेलिभिजन , पत्रीकामा अबद्द भइ अर्घाखाँचीबाट पत्रकारिता  गर्दछ्न । बार्सिकोत्सब कार्यक्रममा रैनादेबी गाउँपालिकाका अध्यक्षद्वारा  पौडेललाई  सम्मान  पत्र प्रदान गरिएको  थियो ।

अन्य समाचारहरु