निरु आचार्य नवरश्मी
बुटवल । बुटवलको जितगढीस्थित लालदरबार छाप्रोमा पाणिनी उद्यानको बनोट के कसरी भन्ने विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको सञ्चालन सचिव पीताम्बर भण्डारी, अध्यक्षता अध्यक्ष ऋषि आजाद र प्रमुख आतिथ्य प्रा.रमेशप्रसाद ढकालबाट भयो ।
आतिथ्य/उपस्थिति गणेश घिमिरे, डी.आर.घिमिरे, क्या.हेम राना, कृष्णप्रसाद कोइराला, राजेन्द्रकुमार आचार्य, डा.तिलक भुसाल, हरिप्रसाद पोखरेल, हरदेव थापा, विष्णुकुमारी शर्मा, वेदप्रसाद गैरे, जीवन भट्टराई, राधा योगी, नम्रता नेउपाने, गीता बन्जाडे, कमला पाण्डे, वसन्ता गैरे, वसन्ता घिमिरे, माया ओली, नारायण बन्जाडे आदि ।
विषयको औचित्य अध्यक्ष ऋषि आजाद, विषय प्रवेश डी.आर.घिमिरे, विषयको सर्वपक्षबारे एक घण्टाको प्रवचन प्रा. रमेश ढकाल, पाणिनि विषयक शोधपत्र राजेन्द्रकुमार आचार्य, पाणिनि विषयक शास्त्रीय एवम् लौकिक कुरा कृष्णप्रसाद कोइरालाबाट प्रस्तुत भएका थिए ।
टिप्पणी र सुझावहरु डा. तिलक भुसाल, विष्णुकुमारी शर्मा, क्या. हेम राना, हरिप्रसाद पोखरेल, हरदेव थापा, वडा नम्बर १३ का सचिव जीवन भट्टराई, वेदप्रसाद गैरे, गीता बन्जाडे, वसन्ता, नम्रता, कमला पाण्डे आदिले दिनुभयो ।
दिउसो बाह्रदेखि चारसम्म चार घण्टा चलेको कार्यक्रम प्रभावकारी भएको साहित्यकार राजेन्द्र आचार्य ले जनाएका छन ।