गुल्मीको रेसुङ्गामा अबिरल वर्षासँगै गएको पहिरोमा पुरिएर एकै घरका ३ जनाको मृत्यु

गुल्मी । गुल्मीमा गएराती अबिरल वर्षासँगै गएको पहिरोमा पुरिएर एकै घरका ३ जनाको मृत्यु भएको छ ।
जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–८ खानिगाउँ थुम्का लाइन बस्ने तिलक परियारको एक तले पक्की घर पहिराेले पुर्दा २१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार र १४ वर्षकी जमुना परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।
 
एक तले पक्की घरमा माथीबाट ढुंगामाटो सहितको पहिरो बिचको कोठामा पसी एकै ठाउँमा सुतीरहेका ३ जना पुरिएको पाण्डेले बताए । परियारको घरमा ६ सदस्य रहेका थिए ।
परिवारका ३ जना छोरीको मृत्यु भएको र उनकी श्रीमती र एक छोरी भने सकुशल रहेको प्रहरीले जनाएको छ । स्थानिय, नेपाली सेना र नेपाल प्रहरीको सहयोगमा ३ जनाकै शब बिहान साढे ४ बजे मृत अवस्थामा निकाली गुल्मी अस्पताल तम्घास पठाईएको प्रहरीले जनाएको छ ।
राती करिब २ बजे गएकाे पहिरोले ३ जना पुरेको थाहा पाउन साथ जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) गोपालचन्द्र भट्टराईको कमाण्डमा २५ जनाको टोलि खटीएको थियो । गुल्मीन्युजमा समाचार छ । 

अन्य समाचारहरु