अर्घाखाँचीडट्कम संवाददाता
दिल्ली (अर्घाखाँचीडट्कम) । भारतको राजधानी दिल्ली ओखलामा विशाल कार्य्रकममा विभिन्न संघ सङ्गठनबाट केंद्रीय नेता ,राज्य नगर स्तरीय नेता कार्यकर्ताहरुले आफ्नो सङ्गठन परित्याग गरि झन्डै ३दर्जन भन्दा बढी नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रको नेतृत्वमा देश विकास र सम्बृद्धि ,कम्युनिस्ट पार्टीको एकता नेतृत्व गर्न सक्ने आसा बिश्वासका साथ अखिल भारत नेपाली एकता मंचमा प्रवेश गरेका छन् ।
कार्यक्रममा नब प्रबेसिका केन्द्रिय अध्यक्ष/ प्रमुख अतिथि इशरी भण्डारी अखिल भारत नेपाली एकता मंच केंद्रीय सचिब आर बि खड्का , दोसल्ला र अबिरद्वारा भव्य रुपमा स्वागत गर्नु भयेको थियो ।
कार्यक्रममा अखिल भारत नेपाली एकता मंच केन्द्रिय समितिकी महिला नेतृ सचिब उषा थापा खडका, के .स सहकोषाध्यक्ष ,ज्ञान बहादुर केसी हरि आर्याल , केंद्रीय सदस्यहरु मानु श्रेष्ठ , बेल ब पुनले मन्तब्य राख्नु भएको थियो । भने बिच बिचमा बाल कलाकारहरुको दर्जनौं सास्कृतिक प्रस्तुति पनि रहेको थियो ।
नब प्रबेसिका टिमको नेतृत्व गर्दै हुमाकान्त कुवर ले प्रतिबद्धता मन्तव्य राख्नु भएको थियो । प्रवेश गर्नु हुने मुख्य नेतृत्वहरू तरुण कुमार बिक, लक्षिमा बिक ,कमला पाण्डे लगायत तीन दर्जन नेता कार्यकर्ता प्रवेश गरेको थिए ।
अखिल भारत नेपाली एकता मंच के. स केन्द्रिय सचीव आर बि खड्काले सङ्गठन , कार्य नयायोजना सहितको मन्तब्यराख्नु भएको थियो कार्यक्रमका मुख्य प्रमुख अतिथिले राजनैतिक ,सांगठनिकरुपमा प्रक्षिणात्मक मन्तव्य सहित राख्नु भयेको थियो ।
कार्यक्रममा एकता मंच केन्द्रिय सदस्य नारायण बिक , कृष्ण पर्साइ , कृष्ण कुँवर , सुर्य राना , माधब बिष्ट, पुराना पाका नेता हुकुम सिंह सहित राज्य ,नगरका कमरेड र आम जनसमुदायको विशाल उपस्थितमा अखिल भारत नेपाली एकता मंच दिल्ली यूपी हरियाणा समुक्त राज्य समिति अध्यक्ष जिबन शर्माको अध्यक्षतामा कार्य्रकम सञ्चालन केंद्रीय सदस्य तथा राज्य सचिब अर्जुन दयालले गर्नु भएको थियो ! कार्यक्रम भव्य सभ्य एतिहासिक रुपमा सम्पन्न भयो छ ।