शिमलाबाट नेपाल जाँदै गरेको फोर्स हरियाणाको करनालमा दुर्घटना हुँदा एक जनाको मृत्यु


२०७८ आश्विन १५, शुक्रवारमा प्रकासित

अर्घाखाँचीडट्कम संवाददाता 
करनाल, असोज १५ गते । (अर्घाखाँची डट्कम) । हिमाचल प्रदेशको शिमलाबाट नेपालगन्ज जाँदै गरेको फोर्स गाडी हरियाणाको करनालमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
बिहिवार राति ८ बजे सिमला देखि नेपालगञ्जका लागि छुटेको एचपि ६३ बि ४०९७ नम्बरको फोर्स गाडी आज बिहान पौने ४ बजे दुर्घटनामा परि रोल्पा जिल्ला साविकको पाखापानी गाविसका २५  वर्षिय नरेश ओलीको ज्यान गएको हो । 
चालक सहचालक सहित १९ जना यात्रु सवार गाडिमा ४ जना घाईते भएका छन उनिहरुको अहिले करनाल स्थित सरकारी अस्पतालमा उपचार भईरहेको र अन्यलाई उद्धार गरि होटलमा राखिएको प्रवासी नेपाली संघ भारत करनालका सचिव गोविन्द प्रसाद भुसालले अर्घाखाँची डट्कमलाई जानकारी दिनुभएको छ ।
घाईते हुनेहरुमा दिल बहादुर दर्लामी दाङ्ग अमृत केसि रोल्पा शसि खत्री दाङ्ग नरेन्द्र दाङ्ग र गाडिका चालक बबि रुकुम रहेका छन ।
बिहान गाडिको टायर फाटेको र साईडमा लगाई चेन्ज गरि रहेको अवस्थामा पछाडीबाट आईरहेको ट्रकले ठक्कर दिदा दुर्घटना भएको थियो ।
हिन्दु नेपालीहरुका चाडपर्व दशैं,तिहार नजिकिदै जाँदा भारतमा रहेकाहरु घर फर्कनेहरुको चाप बढ्न थालेको छ ।