महान चाँड बडादशै


काशीराम घिमिरे 
पाणिनी -४पटौटी, अर्घाखाँची
हामी हिन्दुहरुको महान चाँड बडादशै आजबाट शुरुभएको छ । हुनत सबै चाँडपर्वहरु उत्तिकै महत्त्वपूर्ण हुन्छ्न तर बडादशै एउटा हिन्दुहरुको महान पर्वको रुपमा आउने गर्दछ। त्यसैले यो पर्वमा स्वदेश तथा बिदेशमा रहनु हुने दाजुभाइ दिदिबहिनी हरु आफ्नो जन्मभुमीमा फर्की बढो हर्सोउल्लासका साथ यो पर्वमनाउने गर्दछ्न ।
यो पर्वमा परिवारको बुवा आमा ,जेष्ठ सदस्य बाट टीका लगाइ आशीर्वाद लिने गरिन्छ ।सबै धर्मका आफ्ना आफ्ना बिधि तरिका हरु हुने गर्दछ्न यसमापनी मनाउने आफ्नो बिधि तरिका नियमछ्दैछ।यो साथ साथै यो पर्वएउटा परिबारका सम्पुर्ण सदस्य हरु भेटघाट गरि आपसमा मेलमिलाप गरि टीका लागाउने र आफन्त जनबाट आशीर्वाद लिने र खुशी हरु साटासाट गर्नेगरिन्छ।
आजदेखी प्रारम्भ यो दशैपर्वमा आज सुरुको दिनमा जमरा राख्नेदिन र घटस्थापनाको दिनको रुपमा लिइन्छ।यसमा जौ ,मकै ,गहुँ मिलाइ विशेष बिधि अनुसार पुजाकोठामा बालुवामा मिलाइ एउटा प्रकाश नछिर्ने ठाउँमा बिज छर्ने गरिन्छ । यो जमरा खास त जौ गहुँ मकैका पहेँलो अँकुरित बालाहरु हुन्छ्न ।यो जमरा राख्ने विशेष दिन आज एउटा मौलिख सँस्कृतिक दिनको रुपमा महत्त्वपूर्ण दिनको रुपम रहिआएको छ ।
नवरात्रीको सुरुको दिन आज भएकोले आज देशका सम्पुर्ण शक्तिपिठ ठाउँ हरुमा श्राद्धालु हरुको भिड हुन्छ।अवको प्रत्येक दिन बिहान जमराको पुजा गर्नुपर्छ। यो जमारा राख्ने चलन बिधिहरु कुनै ठाउँमा सक्तिपिठहरुमा कतै सामुहिक र कतै आफ्नो घर घरमा राख्न सकिन्छ।
यो मनाउने खासत त्रेयायुगका दिनमा श्रीरामले सिताको हरण गर्ने राबणलाइ बध गरेको दिनमा यश दिनलाइ विशेषगरी मनाइन्छ।यो खासत भगवान रामले युद्ध गर्दा राबणलाइ दसौंदिनमा परास्त गरेको हुनालेपनी यसले बिजय प्राप्तको रुपमा बिजया दशमीको रुपमा लिइन्छ।यसलाइ एउटा हर्सोउल्लासका साथ मनाउने पर्वका रुपमा मनाउने हुँदा निकै रमाइलो पनि हुन्छ ।
बास्तबमा दशौ दिन मनाउने हुँदा पनि यसलाई दशै पर्व भनिन्छ।यसमा नवदुर्गाका नौ बटा रुपहरु हुन्छ्न ।ब्रहाचारणी ,चन्द्रदृस्टा ,शैलपुत्री ,कुशमन्डा स्कन्दमाता कात्ययनी ,कालारात्री ,शिद्धिधात्री ,महागौरीको विशेष पूजा आराधना गरिन्छ।
यसको पहिलो दिनमा शैलपुत्री देबिको पूजा गरिन्छ।साथै जौ गहुँ मकै अन्नको बिज छरि घटस्थापना मनाइन्छ।भने दोस्रो दिनमा ब्रहाचारिणी देबिको पूजा गतिन्छ ।तेस्रोदिनमा चन्द्रघन्ट्को र चौथो दिनमाकृस्माण्डाको पूजा गरिन्छ।पाचौं दिनमा स्कन्धमाताको पूजा आरधना गर्ने गरिन्छ।भने छैटौं दिनमा कात्ययननि र सातौ दिनमा पूजा कोठामा फूलपाती भित्र्याउने चलन छ।भने आठौं दिनमा गौरी भगवती र नवौ दिनमा शिद्धीदात्रीभगवतीको पूजा गर्ने चलन छ ।
बिजयादसमिको अर्थ अर्थात नवरात्रीको दशौ दिनलाई बिजय दशमी भन्ने गरिन्छ।यो खासत भगवान रामचन्द्रले राबणमाथी बिजयप्राप्त गरेको हुँदा यसलाई बिजयादशमी भनिन्छ।बिजया दशमिमा नौ दिनसम्म नवदुर्गाको पूजागर्ने चलन छ ।प्रत्येक दिन बिहान जमरालाइ विशेषरुपमा पाठपढी विधि अनुसार पूजा आरधना गर्ने गरिन्छ।माटाको देबिको मुर्ती बनाएर फूल वा पुस्पान्जली अक्षता टीका लगाइ पूजा गर्ने चलन छ।यो गर्नालेपनी आफुमाथीअन्यले बिजय हासिल गर्न सक्दैन भन्ने एउटा बिश्वास पनि पाइन्छ।त्यसपछी चन्दन अक्षता फूलले पूजागरि मन्त्रपढी फूल छर्कदै देबि देवतालाइ बिसर्जन गर्ने गरिन्छ।बाजागाजाका साथ नदि तलाउमा लगि सेलाइन्छ।दशैमा आफ्नो घरमा मुलिब्यक्ती बाट उक्त टीका ग्रहण गर्ने गरिन्छ ।जसबाट टीका लगाउँदा नयाँ शुद्ध कपडा लागाउने गरगहना लगाउने गरिन्छ।मान्यजनबाट टीका गर्हण गर्दा राम्रो आशीर्वाद पाइने जनबिस्वास रएको छ ।मान्यजन हरुले आफ्नो परिबार जनको राम्रो उन्नति उत्तरोत्तर प्रगती होस र लामो आयु होस र ईस्वर दाइने हुने र दु:ख कष्ट हरु हटने र कहिले नराम्रो नहुने भन्नेधार्मिक बिश्वास रहेकोछ ।त्यसैले आफ्ना वृद्ध बुवा आमा दाजुभाइको हातको टिकालगाइ आशिर्वाद लिने चलन छ ।
साथशाथै आफ्ना नाताहरुज्वाइँ चेला छोरी चेली हरुलाइ टीका लगाएपछी प्रसाद ग्रहण गरि दक्षिणा दिने चलन छ ।जसले गर्दा यो मान्यजनहरुले सहिरुपमा हाम्रो सस्कार परम्परा र मार्गदर्शन पनि दिइएको पाइन्छ।
दशैमाटीका लगाउदा पुरुषलाई दिने आशिष्:
आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयंराधवे ऎक्षर्य नहुसे गतिश्र पवने मान्ञ्चदुर्योधने। दानं सूर्यसुते वलंहलधरे सत्यञ्च कुन्ती सुते बिज्ञानंबिदुरे भवन्तु भवतां कृतिश्र्च नारायणे ।।
महिलालाइ टीका लगाउँदा दिने आशीर्वाद :जयन्ती मङ्गलाकाली भद्रकाली कपालिनीदुर्गा शिला क्षमा धात्री स्वाहा स्वधा नमोस्व्तेता।
जमरा :जमरा घटस्थापना गरि बिधिपुर्वक राखिसकेपछी हरेक दिन विधि पूर्वक त्यसको पूजा गरेर दशौदिनको दिन टीका साइत अनुसार लगाउने गरिन्छ ।टीका लगाएपछी साथमा जमरा लगाउने गरिन्छ ।जमरा देविको महत्त्वपूर्णमनपर्नेफूल पनि भनिन्छ ।जमराको को रस नअौँ दिन वा दशौ दिनको जमाराको रस सेवन गर्दा विभिन्न रोगहरु पनि ।