किन हुन्छ गाउँको हरेक कुरा रमाइलो


काशीराम घिमिरे
पाणिनी -४ पटौटी, अर्घाखाँची
हरिया डाँडाकाँडाहरु उत्तर तिर देखिने सेतो सौन्दर्य हिमशृङ्खला हरु स्वच्छ बाताबरण ,टाढाटाढाबाट देखिने विभिन्न सौन्दर्य ठाउँहरु ती खेतका विशाल फाँटहरु त्यसैमा फलेर झुलेका ती धानका सुन जस्ता बाला हरु सग फोटो खिचुखिचु लाग्ने।बारिका ती पाटाहरुर फलफुलका ती सुन्दर,बगैँचाहरुकहि खरबारी रकहिँ विशाल जङ्गल हरु ,चराचुरुङ्गी हरुको आगमन र त्यो रमाइलो अनुभूति र घर पालुवा गाइबस्तु हरु यी विभिन्न कारणले गर्दा गाउँमा धेरै कुरा हुने हुनाले पनि गाउँनै धेरै राम्रो लाग्छ। 
यो संसार नै फरक जस्तो लाग्छ ।मान्छे थरी थरिका हुन्छ्न कुनलाइ सहरको माया र कुनैलाई गाउँको माया हुन्छ।त्यो मान्छे मलाई गाउकै मान्छे भएरकी जुनसमयमा पनि याद अनि संम्झना हुन्छ।गाउँको हरेक कुरा रमाइलो पाइन्छ ।रितितिवाज हरु स्वागत सत्कार हरु चाँडबाँडहरु मनाउने शैली हरेक यहाँको जीवन शैली बोलिचालीहरु स्थानिय कार्यक्रमहरु अत्यन्तै राम्रो हुन्छ।गाउँमा बजारको तुलनामा मेलमिलाप र सम्बन्ध पनि नजिकको पाइन्छ हुनत सम्बन्ध आफुमा भरपर्ने कुरा हो तर गाउँभनेपछी सबै दाजुभाइ इष्टमित्र नातागोताहरु सबै आफ्नै पाइन्छ्न र चिनजान पनि निकै टाढा देखि नैनिकै नजिकको हुन्छ र हरेकसँगबोल्दा भेट हुँदा निकै रमाइलो जस्तो हुब्छ ।जुन घरमा गएपनी त्यस्तो कुनै अड नै हुदैन आफुलाइ सहज भएजस्तो र एउटा रमाइलो नैभएजस्तो अनुभव हुन्छ।सानो देखि ठूलो सम्म हुने बोलिचाली मान सम्मान र गर्ने व्यवहार पनि राम्रो लाग्छ।गाउँमा कुनै फलफूल लगाएत धेरै चिज हरु बाडेर खाने एउटा सोचाइ पनि हुन्छ ।
हरेक चाँड्बाडहरु मनाउने आफ्नो शैली फरक भएतापनी गाउँमा मनाउने परम्परा हरु हरेकले आपसमा मिलेर गरेको र मनाएको हुँदा निकै रमाइलो हुन्छ।विशेषगरीमाघे संक्रान्ति,नयाँ बर्ष ,रक्षा बन्धन ,तिज ,दशै तिहार लफाएतका पर्वहरु विशेष हुन्छन् त्यसैले यी पर्वहरु निकै रमाइलो साथ मनाउने गरिन्छ।हरेकमा अपसमा सगै बसि मनाउने हुँदापनि निकै रमाइलो भएको पाइन्छ ।
गाउँको त्यो उकाली ओराली अनि ती सुसेलीहरु ती गाउँपाखाका सुरिला स्वरहरु कसरी भुल्न सकिन्छ र?ती मेलापातमा गाइने गित र बन पाखामा साथिसग लयहालेर गाइने गितका भाकाहरु ।त्यो मेलापातको काम र हाँसो ठट्टाहरु ।विभिन्न खेतीपाती गर्दा लगाउने तरिका परम्पराहरु सबै गाउँले जिवननै ठिक लाग्छ।
प्राय किसान हरुको बस्ती हुने गाउँमा विभिन्न समय अनुसार बालिनाली लगाउने तरिकाहरु फरक हुनेर समय अनुसार लगाउने गरिन्छ।प्रत्येकको लगाउने आफ्नो शैली फरक हुन्छ। त्यसैले बजारको तुलनामा गाउँले जीवन बेसजस्तो लाग्छ ।गाँउमा समय अनुसारका चाँडपर्व हरु र ती मनाउने सैलीहरु रितिरिवाज परम्परागत रुपमा नै धेरै राम्रो लाग्छ।
प्राय फलफुल तरकारी र अन्य बालिनाली हरुपनी प्राय गाउँमा राम्रो लाग्छ।ती अन्नबाली हरु सागपात अर्गानिक हुन्छ जसले गर्दाखानेकुरापनी बिसादीनभएको अर्गानिक हुन्छ जसले गर्दा खानेलाइ पनि कुनै असर्नै गर्दैन ।स्वास्थ हुने गर्दछ्न । 
पिउने पानी पनि मीठो हुन्छ स्वादिलो हुने गर्दछ । हरेक कुरामा मेलमिलापको बाताबरण र आपसमा मिलेर काम गर्ने तरिका र एक अर्कोमा सहयोगको बाताबरण पनि गाउँमा बढिनै पाइन्छ ।हरेक गाउँकै आफ्नै एकल परिवार जस्तै मिलेर बस्ने सुमधुर सम्बन्ध पनि गाउँमा पाइन्छ ।एक अर्कोमा दु:खमा सहयोग गर्ने सहयोगी हरु पनि गाउँमा धेरै देखिन्छ।बिरामी पर्दा होस वा बिबाह अन्य यज्ञ हरु पूजा गर्दा हुने आपसी मेलमिलाप र सबैको सहयोगपनि गाउँमै हुने गर्दछ।त्यसैले यी विभिन्न कारणहरु र मेलमिलाप को हरेक बाताबरण र रमाइलो त्यो अनुभूति को कारण म जस्तै धेरै युवाहरुलाइ गाउँनै मन पर्छ होला।तर पनि आफ्नै गाउँमाबस्ने रहर कस्लाइपो हुन्न होला विभिन्न समय परिस्थिति हरु उतार चढावको कारणले गर्दापनी गाउँ छोडि बजारपस्न र बिदेशिन बाध्यछ्न युवा पुस्ताहरु।तर जहाँ भएपनी त्यो गाउँको संम्झना र झल्को हरु छदैछ ।हरेक कुरा हरु याद आएकै छ ।
अब एकदिन सम्पुर्ण युवा शक्ति आफ्नो घर बस्ती वा गाउँ बस्ती फर्कनु पर्छ ।आफ्नो गाउँको बिकास निर्माण हरु र उक्त ठाउँमा बिकास निर्माण गर्नु पर्छ हाम्रो रितिरिवाज परम्परा हरुजोगाउनु पर्छ।सबैसग सुमधुर सम्बन्ध राख्नुपर्छ ।उकाली ओराली हरु संगै गर्नुपर्छ।हाम्रो गाउँको माया हामीले आफै गर्नुपर्छ।गाउँलाई सम्झनु पर्छ।आफ्नो देश आफ्नो गाउँ आफ्नै परिबेस ।सबै प्रती विशाल संम्झना एवंम नमस्कार।