सागर महत
प्युठान। प्युठानमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।
जिल्लाको सरुमारानी गाउँपालिका वडा नम्बर २ का ११ वर्षीया सुदिप जिसीको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । पैदल हिँडिरहेका जिसीलाई प्युठानवाट दाङको भालुवाङ तर्फ जाँदै गरेको रा ४ प ५०४८ नम्बरको मोटरसाईलकलले ददेरीमा ठक्कर दिएको दिएको हो ।
जिसीलाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्युठानका प्रबक्ता प्रहरी निरिक्षक देवीप्रसाद गैरेले जानकारी दिनुभयो।मोटरसाईकल चालक अहिले फरार छन। उनको खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ ।घटनापछी आक्रोशित मृतकका आफन्त र स्थानीयले शब सडकमै राखेर अहिले दर्भान भालुवाङ सडकखण्ड अबरुद्व पारेका छन्।