अर्घाखाँचीडट्कम संवाददाता
बुटवल (अर्घाखाँचीडट्कम) । लुम्विनी प्रदेश सदस्य तथा कांग्रेस संसदीय दलका सचेतक निर्मला क्षेत्रीले लुम्बिनी प्रदेशका महाधिवेशनबाट अर्घाखाँचीबाट महिला कोटाको सदस्य पदमा उम्मेदवारी दिएकी छिन् ।
कांग्रेस संगठन निर्मँणमा अहोरात्र खटेर अर्घाखाँची कांग्रेसलाई बलियो, शक्तिशाली र सशक्त बनाउन महत्वपूर्ण भूमिका क्षेत्रीको रहेको छ । महिलालाई संगठित गरेर कांग्रेसमा आवद्ध पार्ने काम क्षेत्रीबाट भएको छ ।
क्षेत्रीले भनिन, ‘कांग्रेस लुम्बिनी प्रदेश सदस्यमा मेरो उम्मेदवारी छ,’ ‘अर्घाखाँची सहित लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा कांग्रेसको संगठन बलियो बनाउन म खट्छु । लुम्बिनी प्रदेशका शक्तिशाली पाटी निर्मँण गर्न भूमिका खेल्छु ।’