अर्घाखाँची गुल्मी प्युठानको सिमा सौतामारे प्युठानमा खुल्ला भलिबल प्रतिस्पर्धा आयोजना


  दीपेन्द्र  पौडेल
प्युठान (अर्घाखाँचीडट्कम) । युवाहरू अनुशासन खेलमा   प्रोत्साहन भन्ने संदेशका साथ झिम्रुक युथ क्लबले  अर्घाखाँची  गुल्मि प्युठानको ज्क्सन सौतामारे प्युठानमा  खुल्ला  भलिबल प्रतिस्पर्धा आयोजना गरेको छ ।
 यस्  खुल्ला  भलिबल खेलको उद्घाटन   झिम्रुक गाउँपालिका १ का वाडअध्यक्ष धुबराज खनालले  गरेका हुन् । 
  
युवाहरूलाई  प्रोत्साहन  अनुशासन  र मर्यादित  बनाउन  यस्ता  मैत्रीपुर्ण  खेलले ठुलो  भुमिका खेल्छ उनले भने  खेलाडीहरुलाइ  प्रोत्साहन  हौसला प्रदान गर्ने  भलिबल खेल  राखेकोमा    क्लबलाई धन्यवाद दिए ।
यस्   २२ र २३ गते हुने  भलिबल  खेलमा   जम्मा  ९ टिमको  सहभागिता रहेको छ  आज   ४ खेल भएपनि  बाकि सबै  खेलहरु  सहित  फाइनल  खेल  भोलिपल्ट  हुनेछ्न ।
 प्रथम   पुरस्कार   तिस हजार   नगदसहित  प्रमाणपत्र,  दोस्रो  बिस हजार नगदसहित  प्रमाणपत्र, र तेस्रो  दस हजार नगदसहित  प्रमाणपत्र रहेको  कुरा क्लबका  एक सदस्य  अमृत जि: सीले बताए ।

अन्य समाचारहरु