अब सबै भावनात्मक एकताका साथ सबल र सक्षम एमाले निर्माणमा लाग्नुपर्छ: गैरे, एमाले उपसचिव अर्घाखाँची


सन्धिखर्क, अर्घाखाँची  । नेकपा एमाले एमाले र माओवादीको एकीकरणबाट बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पार्टीको कमिटी गठन गर्दा संख्याको आधारमा दुबै पार्टीका मौजुदा कमिटीलाई  समायोजन गर्नु पर्दथ्यो तर त्यसो गरिएन।यस्ले पार्टीमा मतभेद पैदा गर्‍यो । 
पार्टीमा केही असङगती र बिसङतिहरु पैदा भए । पार्टी जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीका १३ जना कमरेडहरु समेत नेकपाको जिल्ला कमिटीमा समाबेश हुनबाट बन्चित हुनुभयो। हामी तत्कालीन अवस्थामा पार्टी जिल्ला कमिटी पदाधिकारी भएकोले एकता प्रक्रियामा कोही माथी अन्याय नहोस् र संक्रमणकालिन अवस्थामा पनि पार्टीलाई बिधि,पद्धति र निश्चित मापदण्डका आधार संचालन गर्नुपर्छ भनेर हामीले पार्टीमा एक प्रकारको अन्तर संघर्ष नै गर्नुपर्ने वाध्यकारी अवस्था सिर्जना भयो र निरन्तर अन्तर संघर्ष गरिरहयौ ।
 
सर्बोच्च अदालतको फागुन २३को फैसलाले दुबै पार्टीलाई एकता पूर्ब २०७५ जेठ २को पूर्बबत अवस्थामा फर्काइ दियो। हाम्रो पार्टी नेकपा (एमाले)को बिधान अनुसार स्वभावैले पार्टी का सबै कमिटीहरु २०७५ जेठ २ लाई आधार मानेर पार्टी संचालन गर्नुपर्थ्यो। हाम्रो एजेन्डा पनि यही थियो । तर एकातर्फ उपभोक्ता समितिहरु जस्तै सयौ/हजारौंको संख्यामा  आयोजक कमिटीहरु गठन गर्ने र अर्काेतिर समानन्तर कमिटी घोषणा गर्ने कामहरू भए । यस्ले पार्टीमा साङठानिक अराजकता बढाउदै गयो । हामी पार्टी बिधान बिपरितका दुबै  गतिविधिमा सन्लग्न रहेनौ। पार्टीलाई बिधिको लयमा हिडाउनु पर्छ त्यो भनेको २०७५ जेठ २ का कमिटीको आधारमा एकता प्रक्रियाबाट आएका कमरेडहरुलाइ समावेश गरेर अगाडि बढनु पर्छ यही बिधि प्रक्रियाले नै पार्टी एकता जोगाउन सकिन्छ,भावनात्मक एकताले पार्टी  बलियो हुन्छ भन्ने मान्यतामा अडिग रहदै आयौ। मैले म कुनै आयोजक कमिटी सदस्य पनि होइन र समानन्तर कमिटीको सदस्य पनि होइन म नेकपा (एमाले) को निर्वाचित उपसचिव हु भनेर अडान राख्दै गर्दा थुप्रै चुनौतीहरुको सामना समेत गर्नुपर्यो । कतिपयले त हामीलाई  पार्टी बिरोधी कै रुपमा पनि चित्रित गर्न खोज्नु भयो । अन्तत : सबै आयोजक कमिटीहरु भङ्ग भए पुराना कमिटीहरु कृयाशील भए। हामीले निरन्तर उठाउदै आएका सबै एजेन्डाहरु आज पार्टीमा स्थापित भएका छन ।यस्मा हामीलाई गर्व लागेको छ ।
यसै सन्दर्भमा, नेकपा (एमाले)को सातौं जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीका सबै सदस्य कमरेडहरु(पार्टी बिधान अनुसार बहाल रहनु भएका र नेकपाको जिल्ला कमिटी गठन गर्दा छुटेका १३ जना समेत ) र एकता प्रक्रियाबाट आउनुभएका कमरेडहरु सहितको १०० जना सदस्य रहेको नेकपा (एमाले) अर्घाखाँची जिल्ला कमिटीको १६औ पूर्ण बैठक बिहिवार हार्दिकताका साथ समन्न गरेका छौ । यो बैठक पश्चात् पार्टी संचालन सन्दर्भमा बिगतमा रहेका हाम्रा सबै बिमतिहरु सकिएका छन् । 
अहिले हामी आठौं जिल्ला अधिवेशनको संघारमा छौ । आठौं अधिवेशनमा हामी सबै गुटगत स्वार्थबाट माथी उठेर,आग्रह पूर्वाग्रह त्यागेर पार्टीमा थप भावनात्मक एकता कायम गर्दै, पार्टीलाई अझबढी सबल र सक्षम पार्टी बनाउदै जनताको बिचमा विकल्प बिहिन जनप्रिय पार्टीको रुपमा स्थापित गरेर आसन्न स्थानीय,संघ र प्रदेशको निर्वाचनमा नेकपा (एमाले) लाई ऎतिहासिक सफलता दिलाउन सफल हुनेछौ भन्ने बिश्वास व्यक्त गर्दछु ।
-प्रेमनारायण गैरे
उपसचिव नेकपा (एमाले) 
जिल्ला कमिटी अर्घाखाँची ।