स्वतन्त्र पत्रकारिता र स्वतन्त्र पत्रकार संघ नेपालको राष्ट्रीय अधिवेशनको शुभकामना


डिआरजी सुमन 
नेपाली पत्रकारिता क्षेत्रमा निष्पक्षताको संकट परिरहेको अवस्थाले आमजनता निष्पक्ष समाचार पाउनवाट वन्जित भईरहेको समयमापश्चिम नेपाल को पर्यटकीय केन्द्र पोखरावाट स्वतन्त्र पत्रकार संघको स्थापना हुनु निष्पक्ष र स्वतन्त्र पत्रकारिता गर्न चाहनेहरुको लागीगौरवको विषय हो । 
नेपालले परिक्षणकालिन गणतान्त्रिक व्यावस्था थेग्नै कठिन परिरहेको अवस्थामा राष्ट्रको चौथोअंग मानिएकोपत्रकारिता पेशा समेत राजनीतिक वाट अछुतो नहुनुले विश्व जगतमा नेपाल को छवि धमिलो र कमजोर हुदै गएको प्रमाणित भएको छ ।यस विषयलाई अझ सावित गर्न यहाँ भन्दा ठुलो सवुत केही चाहिदैन भन्दा अनर्थ लगाउनेहरु नै नेपाली पत्रकारिता क्षेत्रका भ्रामकराजनीतिक व्यवसायि हुन भन्न सहजताका साथ प्रमाणित गर्न सकिन्छ ।
एक्काईसौँ शताब्दीमा नेपाली समाजमा मौलाएको फुटाउ र शासन गर सिद्धान्तमा परिचालित राजनीतिक दलका प्रवक्तावादीपत्रकारिताले राष्ट्रको चौथौअंग मानिएको समग्र पत्रकारिता जगत् लाई नै अन्धकारमय वनाउदै लगेको अवस्था क़ायम छ । नेपालीपरिवेशमा अनेक दल र वलको आडमा हुने दलिय पत्रकारितालाई आवश्यक चिरफार गर्दै निष्पक्ष पत्रकारिता राजनीतिक दल देखीवाहिर हुन्छ,पत्रकारिता राजनीतिको आँडमा होईन निष्पक्ष र सर्वमान्य हुनुपर्छ भन्नु नै स्वतन्त्र पत्रकारिता को परिभाषा हो भन्ने प्रमाणितगर्न नै स्वतन्त्र पत्रकार संघ नेपाल को स्थापना भएको हो भन्ने मेरो वुझाई हो ।
नेपालमा क्रियाशील स्वतन्त्र पत्रकार हरुको मुल मर्म र भावना को क़दर गर्दै राज्यले पनि स्वतन्त्र पत्रकारिता गर्नेहरुद्धारा संचालितसंचारगृह र पत्रकारहरुको हक़ हितमा क़ानूनी रुपमै ठोस कदम उठाउनु अहिलेको समयमा अतिआवश्यक छ । स्वतन्त्र पत्रकार संघनेपाल को निकटत समयमा हुदै गरेको राष्ट्रीय अधिवेशनले कुनै पनि निजी तथा राजनीतिक विचार र शक्तिवाट प्रभावित वा विचलितनभई स्वतन्त्र पत्रकार को हक़ हित र आमजनताले स्वतन्त्र पत्रकारिता नेपालमा भएको छ भन्ने आभाष गराउन सक्ने निष्पक्षपत्रकारहरुको नेतृत्वमा सफलतापूर्वक अधिवेशन सम्पन्न गर्नेछ भन्ने अपेक्षा सहित शुभकामना व्याक्त गर्दछु, धन्यवाद ।

(लेखक : स्वतन्त्र पत्रकार संघ नेपाल अर्घाखाँची शाखाका संस्थापक तथा अर्घाखाँची मिडिया हाँउसद्धारा संचालित अर्घाखाँची डटकमका समाचार सम्पादक परराष्ट्र मामला तथा व्युरो प्रमुख हुनुहुन्छ । )