बाँगीमा एमालेकाे प्रतिनिधि छनाेट कार्यक्रम सम्पन्न | गठबन्धन सरकार जनता र विकासकाे पक्षमा छैन्: खड्का,एमाले जिल्ला इन्चार्ज


गणेश खनाल
बाँगी, अर्घाखाँची । नेकपा एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज चन्द्रबहादुर खड्का उज्ज्वलले पाच दलिय गठबन्धनले १५ वर्ष देशलाइ पछाडि धकलेकाे बताउनुभयाे । बर्तमान गठबन्धन सरकार जनता र विकासका काम गर्न असफल भइरहेकाे बताउनुभयाे । 
नेकपा एमाले सिध्याउन मुख्य रूपमा माओवादी नेकपा एस लागे पनि सपना पूरा नहुने बताउनुभयाे । काग्रेसलाइ गुहार मागेर अस्तित्व जाेगाउन गठबन्धन जाेगाइ राख्न मरिहत्ते गरिरहेकाे बताउनुभयाे ।
नेता खड्काले कम्युनिस्ट आन्दाेलनका उर्वर भुमि रहेकाे बागी हालसम्म त्याे विरासत रहि रहेकाे बताउदै त्यसलाई जाेगाइ राख्नुपर्ने बताउनुभयाे । 
नेकपा एमाले मालारानी ५ बाँगी वार्ड कमिटीकाे भेला तथा प्रतिनिधि छनाेट कार्यक्रम सम्पन्न भएकाे छ । 
कार्यक्रममा केन्द्रीय सल्लाकार परिषद सदस्य नरेन्द्रकुमार क्षेत्रीले पाटीले सबै नेता कार्यकतालाइ उचित सम्बाेधन गर्ने गरि अगाडि बढिरहेकाे भन्दै निराश नभइ उत्साहका साथ अगाडि बढ्न आग्रह गर्नुभयो । 
मालारानी गाउँपालिका ईन्चाज तिलक मिश्रले बाँगीले यसपटक  जिल्लाकाे मुख्य नेतृत्व ल्याउन गरि प्रयास भईरहेकाे बताउनुभयाे । 
वाडकमिटी अध्यक्ष केआर विसिकाे अध्यक्षता,उपसचिव प्रेमप्रकास पाण्डेकाे स्वागत र सचिव विष्णु पन्थिकाे सञ्चालनमा सम्पन्न भएकाे हाे।

अन्य समाचारहरु