पशुपती श्रेष्ठ
भारत । भारतका विभिन्न राज्यमा कोविड १९ को तेश्रो लहरसंगै ओमिक्रोन भेरियन्ट संक्रमण तिव्र रुपमा फैलिरहेको बेला नेपाली दूतावास दिल्लीले सजग रहन नेपालीहरुलाई अपिल गरेको छ ।
रोजगारी व्यवसाय तथा अध्ययनको सिलसिलामा भारतमा रहेका नेपालीहरुलाई आफू बस्दै आएको राज्य सरकारले तोकेको मापदण्ड पुर्णरुपमा पालना गर्न आव्हान गरेको छ ।
घर बाट बाहिर निस्किदा अनिवार्य रुपमा मास्क तथा सेनिटाईजरको प्रयोग गर्न भिडभाड भएको स्थानमा नजान भौतिक दुरी कायम राख्न अत्यावश्यक काम बाहेक बाहिर हिडडुल नगर्न अनुरोध गरेको छ ।
यस असहमज समयमा दूतावास खुल्ला रहनेछ कुनै पनि समयमा सुचना जानकारी सुझाव सल्लाह परामर्श समन्वयका लागि कार्यलय समय तथा अन्य विदाका दिनहरुमा समेत दूतावासको टेलीफोन नम्बर +९१११२३४७६२०० वा मोवाईल नम्बर +९१८९२९६०१९२५ व्हाटसवमा समेत गर्न सकिने साथै इमेल ठेगाना delhi@mofa.gov.np मा समेत सम्पर्क गर्न सकिने जनाईएको छ ।