राष्ट्रिय सभाको निर्वाचनमा दाङ जाँदै गरेको गाडी दुर्घटना, प्रदेश सांसदसहित २ जना घाइते

प्रेम नारायण आचार्य 
महेन्द्र राजमार्ग अन्तर्गत धानखोला र भालुबांगको बीचमा लुम्बिनी प्रदेश सांसद चढेको सुद्धोदन गाउँ पालिकाको गाडी दुर्घटना भएको छ। दुर्घटनामा प्रदेश सांसद तुल्सी चौधरीसहित २ जना घाइते भएका छन्। 
राष्ट्रिय सभाको निर्वाचनमा दाङ जाँदै गरेको गाडीलाई विपरीत दिसाबाट जाँदै गरेको ट्रकले ठक्कर दिएको हो।  घाइते दुबै जनालाई उपचारको लागि भालुबांग अस्पताल पठाइएको छ। 
गाउँपालिकाका अध्यक्ष किशुचन्द चौधरी, उपाध्यक्ष शान्तादेवी ज्ञवाली लगायत सवार रहेको गाडी दुर्घटना भएको हो। 

अन्य समाचारहरु