सुभाष ज्ञवाली
बुटवल । स्थानीय तहको चुनावको मिति घोषणाको माग गर्दै अनेरास्ववियुले देशभरका क्याम्पस अगाडि प्रदर्शन गरेको छ । निर्वाचन मिति घोषणा गर, संविधान र लोकतन्त्र रक्षा गर , पेट्रोलियम पदार्थको मुल्यबृदि फिर्ता गर लगाएतका नारा लगाउँदै अनेरास्ववियु लुम्बिनी वाणिज्य क्याम्पसले क्याम्पस अगाडि शान्तिपूर्ण प्रदर्शन गरेको छ ।
कार्यक्रममा पेट्रोलियम पदार्थको मुल्यले जनताको ढाड सेकेको , कर्णाली सुदुरपश्चिम लगायतका प्रदेशमा सिटामोलको समेत अभाव भएको , स्थानीय तहको निवार्चन घोषणा गर्न आलटाल गरेको भन्दै तत्काल मिति घोषणको दबाबका लागि देशभरका क्याम्पसमा प्रदर्शन गरिएकोे अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य बालकृष्ण पाण्डेले बताए ।
लुम्बिनी वाणिज्य क्याम्पसमा अनेरास्ववियुका केन्द्रीय कमिटि सचिवालय सदस्य बालकृष्ण पाण्डे, केन्द्रिय सदस्यहरु साजन भण्डारी जिल्ला उपाध्यक्ष रमेश ढकाल , सचिव प्रकाश पराजुली, लुम्बिनी वाणिज्य क्यापस कमिटी अध्यक्ष निरज आचार्य लगायतका नेताहरु बोलेका थिए
रुपन्देहीमा लुम्बिनी वाणिज्य क्यापस लगायत १६ वटा क्यापसमा शान्तिपुर्ण आन्दोलन भएको र अब आगामी आन्दोलनका कार्यक्रमहरु घोषणा गरेर थप सशक्त रुपमा अनेरास्ववियुले गतिविधि गर्ने अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य साजन भण्डारीले बताए ।