अर्घाखाँचीडट्कम
बिजुवार – प्यूठान नगरपालिका-४ बिजुवार डेरा गरी बस्ने सोही नगरपालिका-४ घुर्सेनी घर भएका टंकराज गमालको छोरा १ वर्ष ६ महिनाको सुशान्त गमालको घर नजिकै रहेको कुलोमा डुबेर शनिबार बिहान मृत्यु भएको छ ।
कुलोमा डुबेर अशक्त भएका उनको उपचारको लागि जिल्ला अस्पताल बिजुवार लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।