लुम्बिनी प्रदेश सरकारले फागुन ३ गते सार्वजनिक विदा दिने घोषणा गरेको छ ।
प्रदेश आन्तिरक मामिला मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै मन्त्रिपरिषद बैठक २०७७ चैत्र १३ को निणर्यनुसार फागुन ३ गते प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको जनाइएको छ ।
सरकारले प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिएको निर्णय गरेको हो ।