अर्घाखाँचीडट्कम संवादाता
नई दिल्ली । भारतको राष्ट्रीय राजधानी दिल्लीमा एमसीसीको बिरोध प्रदर्शन भएको छ । अखिल भारत नेपाली एकता मंचले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता खारेजीको माग गर्दै विरोध प्रदर्शन भएको हो ।
बिरोध उक्त समूहमा अखिल भारत नेपाली एकता मंच केन्द्रीय उप महासचिब आरबी खड्काको नेतृत्वमा एकता मंच केन्द्रीय नेता मानु क्षेष्ठ ,जीवन शर्मा ,नारायण बिक ,हुमाकान्त कुँवर , अर्जुन दयाल ,कमला थापा ,कमला थापा ,बेल बहादुर पुन ,कमला पाण्डे ,राज्य नेता सङ्कर शर्मा ,अटल परियार ,रिता लिम्बु लगायत नेता थिए ।
युवा नेता आरबी खड्काले कार्य्रकममा बोल्दै भने अमेरिकाको दवाबले अहिले सिंगो नेपाल विभाजित भयो ।
विपन्न मुलुकहरुलाई आर्थिक सहयोग गर्नुका पछाडि महाशक्ति मुलुकहरुका आआफ्ना स्वार्थ हुन्छन् । एमसीसीबारे पनि यही कुरा लागु हुन्छ । अमेरिका वा चीनबाट होस् वा भारतबाट जुनसुकै मुलुकबाट प्राप्त हुने सहयोगका आआफ्ना स्वार्थ र उद्देश्य हुन्छन् । ठूला महाशक्ति मुलुकहरुले आफ्नो प्रभाव क्षेत्र विस्तार गर्न विभिन्न मुलुकलाई आर्थिक सहयोग गर्दछन् । जनताको विरोध सही भएको पुष्टि भएको छ, एमसीसीको हकमा पनि उठिरहेका विरोधी आवाजहरु जायज छन् भन्नका लागि अनेकौं आधार छन् ।
बिरोध प्रदर्शनमा सयौं सँख्यामा उपस्थिति थियो ! बिरोधमा प्रदर्शनकारीले देश बेच्न पाईंदैन एमसीसी चाहिँदैन, भूमि बेच्न पाईंदैन, नो एमसीसी लगायत नाराबाजी गरेका छन् ।
सरकारलाई ध्यानाकर्षण पत्र
भारतीय भूमिबाट पनि एमसीसीको बिरोधमा नेपाल सरकारलाई ध्यानाकर्षण पत्र पठाइएको छ । अमेरिकी सहयोगको परियोजना “एमसीसी” को विरोधमा देशभैर प्रदर्शन भैरहेको समयमा अखिल भारत नेपाली एकता मंचले भारतस्थित नेपाली दूतावास मार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएको हो ।
मञ्चले देशको स्वाधीनताको रक्षाका लागि एमसीसी संसदबाट अनुमोदन गर्न नहुने बताएको छ । उनीहरूले भारतस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत रामप्रसाद सुवेदीलाई ज्ञापन पत्र बुझाएका छन । एकता मंचका केन्द्रिय उप महासचिब आरबी खड्काको नेतृत्वमा प्रतिनिधि मन्डलमा केन्द्रीय सहकोषाध्यक्ष हरिप्रसाद अर्याल, केन्द्रीय सदस्य मानु श्रेष्ठ, जिवन शर्मा, नारायण बिक, अर्जुन दयाल, सूर्य राना, कमला थापा लगायत उपस्थित रहेका थिए ।