बुटबलमा मानव सेवा आश्रमद्वारा खाना वितरण


सागर मरासिनी  
बुटवल फाल्गुन १९  – स्थापित टिम वाइल्ड परिवार बुटबलले मानव सेवा आश्रम बुटबलमा खाना वितरण गरेको छ ।  
 बिगत केहि समयदेखि देश तथा विदेशमा रहेका मानिसहरुलाइ आत्मनिर्भर  बनाउने उदेश्यले स्थापित टिम वाइल्ड परिवार बुटबलले आज एक कार्यक्रमका बीच मानव सेवा आश्रम बुटबलमा खाना वितरण गरेको हो । 
 
बुटबल स्थित सुक्खानगरमा रहेको मानव आश्रममा टिम वाइल्ड परिवारका फ़ाउण्डर  सन्दिप खनाल को उपस्थितिमा मानब सेवा आश्रम का ५० भन्दा बढीलाई खाना खुवाइएको राम प्रसाद घिमिरे ले जानकारी दिनु भएको छ ।
उक्त कार्यक्रमको संचालन टिम वाइल्डका राम प्रसाद घिमिरेले गर्नु भएको थियो ।

अन्य समाचारहरु