दिपक भुसाल
बुटवल (अर्घाखाँचीडट्कम) । प्रेस चाैतारी नेपाल लुम्बिनी प्रदेशकाे प्रथम ऐतिहासिक महाधिवेशनबाट अर्घाखाँची जिल्लाका शाेभाखर पन्थीकाे नेतृत्वमा नया समिति गठन भएकाे छ।
सर्वसम्मत रुपमा पन्थीकाे नेतृत्वमा उपाध्यक्षमा लक्ष्मि तिमिल्सिना र दशरथ घिमिरे चयन भएका छन् । यस्तै महासचिवमा निरु गाैतम चयन भएकी छन्। सचिवमा बेनि माधव बस्याल र कबिन्रद बस्नेत चयन भएका छन ।
यस्तै काेषाध्यमा एलबि थापा चयन भएका छन् । ५१ सदस्यीय कमिटी गठन भएकाे हाे ।कार्यक्रममा प्रेस चाैतारी नेपाल लुम्बिनीले संगठनका अग्रज पत्रकारहरुलाई सम्मान गरेकाे छ ।अग्रज पत्रकार सम्मानकाे रुपमा पुर्व उपाध्यक्ष माेहन चापागाईं, शरद अधिकारी र पुर्व काेषाध्यक्ष अक्षरी पाेखरेललाई सम्मान गरेकाे छ।
यस्तै चाैतारी लुम्बिनीले उत्कृष्ट पत्रकार सम्मानकाे रुपमा रुपन्देही शाखाबाट बुटवल टुडे दैनिकका बरिस्ठ संवाददाता कृष्ण खनाल, बाँकेबाट विश्वराज पंछांग्या, दाङबाट रन्जिता अधिकारी, पाल्पाबाट कृष्णप्रसाद पाेखरेल, कपिलवस्तुबाट गिता पाैडेल, नवलपरासीबाट माेहन पाैडेल, अर्घाखाँचीबाट नवीन केसि र रुकुमबाट महेश केसि नगद सहित पुरस्कृत भएका छन।
यस्तै उत्कृष्ट शाखाकाे रुपमा रुपन्देही शाखा र दाङ शाखा पुरस्कृत भएका छन् ।