टेकराज भुसाल
बुटवल । अखिल (छैठौं), अखिल (क्रान्तिकारी), बैज्ञानिक समाजवादी बिद्यार्थी संगठन र अखिल (क्रान्तिकारी) रुपन्देहीको संयुक्त आयोजनामा बुटवलमा एमसिसि बिरुद्ध बिराेध प्रदर्शन गरेका छन्।
बुटवलको हाट बजार लाइन, रामनगर र सुख्खानगरबाट ३ वटा र्याली सहित मिलनचाेकमा पुगेर सभामा परिणत भएको कार्यक्रममा अखिल (छैठौं) केन्द्रीय सचिव सराेजमान सिंह, अखिल (क्रान्तिकारी) केन्द्रीय काेषाध्यक्ष रुपा बुढा, अखिल (क्रान्तिकारी)का दिल बहादुर चुदारा र बैज्ञानिक समाजवादी विद्यार्थी संगठनका दिपेशराज कँडेलले सम्बाेधन गर्दै सरकारले राष्ट्रघाती एमसीसी सम्झौतालाई संसदमा चोर बाटोको माध्यमबाट पारित गरेपनि यसलाई नेपाली जनताले कुनै हालतमा कार्यावन्यन हुन नदिने बताउँदै एमसीसीको विरुद्धमा विद्यार्थीहरुले निरन्तर संघर्ष गर्ने बताए।