आरबी खड्का
अखिल भारत नेपाली एकता मञ्चका उप महासचिब
४३ वर्षको गौरवशाली र संघर्षपूर्ण इतिहास बोकेको, लाखौं लाख प्रवासी नेपालीहरुलाई आफ्ना राजनैतिक आर्थिक र सामाजिक हक अधिकार र कर्तव्यप्रति सजग बनाउन निरन्तर क्रियाशील संगठन अखिल भारत नेपाली एकता मञ्चको दोस्रो बैठक मध्यप्रदेशको भोपालमा केन्द्रको अध्यक्ष राजेन्द्र शर्माको अध्यक्षतमा र् कार्य्रकम सञ्चालन केन्द्रको महासचिब चक्र बहादुर मलाती कार्य्रकममा स्वागत मन्तब्य केन्द्रका वरिस्ठ उपाध्यक्ष जेबी रसाली र् उक्त कार्य्रकममा प्रमुख अतिथि ने.क. पा .(माओवादी केन्द्र ) केन्द्रीय सदस्य तथा प्रवाश समन्वय समिति अध्यक्ष ओम शर्मा ,प्रवाश समन्वय समिति सचिब टीबी पाठक , अखिल भारत नेपाली एकता मञ्चका निवर्तमान अध्यक्ष ईश्वरी भण्डारी बिषेश उपस्थिति यही १२-१३मार्च २०२२ मा भव्य शानदार रुपमा सम्पन्न भएको छ ।
उक्त कार्य्रकममा प्रमुख अतिथि ने.क. पा .(माओवादी केन्द्र ) केन्द्रीय सदस्य तथा प्रवाश समन्वय समिति अध्यक्ष ओम शर्माले संविधान कुनै दल र नेताहरूको हितलाई हेरेर बनेको होइन । देश र जनता हेरेर बनेको हो । पार्टीहरू नरहन पनि सक्छन्, टुटफुट हुन पनि सक्छन् तर संविधान र ऐनकानून रही रहन्छ, रहिरहनुपर्छ । भारत प्रवाशका नेता कार्यकर्तालाई आग्रह गर्दै नेपालमा हाम्रो पार्टीको जित सुनिश्चित गराउन निर्वाचनमा स्वदेशमा आयेर् ” प्रचार प्रसार अभियानलाई कमान्ड सिस्टममा लाने र सोही अनुसार प्रतिबद्ध भएर फिल्डमा खटिन नेता -कार्यकर्तालाई आग्रह गरे ,शर्मा बोल्दै भने, नेपाली जनताले माओवादी पार्टीलाई पत्याएका छन्‘हामीले निर्वाचन हारे लोकतन्त्र पनि हार्छ । यसैले निर्वाचन लडाइँ जित्नै पर्ने बाध्यता छ ।’ इतिहासको नायक भएर एक पटक फेरि प्रचण्ड खडा हुने यो अवसर हो ।
,प्रवाश समन्वय समिति सचिब टीबी पाठक बोल्दै “विचार र राजनीतिलाई लागू गर्ने भनेको संगठनले हो । बलियो संगठन बिना सही राजनीति र विचार जनताको बीचमा जान्न सक्दैन ” देशमा सबै उपलब्धिहरू माओवादीका कारण प्राप्त भए ,पाठक बोल्दै हामी समाजवादी यात्राको कोर्सबाट हामी भागेका छैनौँ ! आठौँ महाधिवेशनले पार्टीलाई समाजवादको यात्रामा जाने बाटो तयार पारेको भन्दै पाठक ले उत्साही भएर अगाडि बढ्न आह्वान गरे ।
अखिल भारत नेपाली एकता मञ्चका निवर्तमान अध्यक्ष ईश्वरी भण्डारी बोल्दै ” प्रवासी नेपालीको पनि लामो त्याग , योगदानले संघीयता र गणतन्त्र आएको हो ! भण्डारीले प्रवासी नेपालीको नोट चलेपनि भोट नचलेको भन्दै राजनैतिक दलमाथि दबाब बढाउनुपर्ने ‘प्रवासी नेपालीलाई राज्यको संरचना बनाउन कहीं कतै भूमिका दिइएको छैन’, उनले भने ,‘५६ प्रतिशत घरधुरीमा रेमिट्यान्स पठाउने प्रवासी कामदारको मताधिकार कहाँ छ भनेर खोज्न ढिला भइसक्यो ।’ नेपाली जुनसुकै देशमा भए पनि नेपालीको पहिचान छ भने मताधिकार दिइनुपर्छ । सर्वोच्चले २०७४ विदेशमा रहेका नेपालीलाई मतधिकार दिलाउन आदेश दिएको थियो! भारतका सबै राज्यबाट केन्द्रका नेताको उपस्थितिमा सभ्य ,शानदार रुपमा सम्पन्न भएको थियो !