लुम्बिनी प्रदेश समन्वय परिषद कतारले अधिबेशन गर्दै

टेकराज थापा
 कतार। लुम्बिनी प्रदेश समन्वय परिषद कतारले दोस्रो अधिबेशन गर्ने भएको छ । आगामी १ अप्रेल २०२२ का दिन अल दोसरी जु सहानियामा गर्न भएको हो ।
“हामी प्रदेसीको चाहाना, समृद्ध प्रदेश हाम्रो कामना” भन्ने मूल साथ् २०१८ मा स्थापना भएको यस प्रदेश अन्तरर्गत रहेका जिल्ला संस्था मध्य पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, दाङ्ग, रोल्पा, कपिलबस्तु, रुपन्देही, नवलपरासी परिषदमा आवद्ध छन। जस्को नेतृत्व बुद्ध पाण्डेको गरेका छन। विभिन्न समयमा परिषदले देशमा आउने दैविक प्रकोपमा आर्थिक सहयोग गर्दै आएको छ भने विस्वव्यापी कोरोनाको कहरमा मात्रृभुमि नेपालमा सेलेल्डरको अभावमा कोहि नेपालीले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यले अभियानमा सहयोग गरेको थियो ।
संचालको क्रममा रहेको देशको दोस्रो अन्तर्राष्ट्रिय गौतम बुद्ध विमानस्थल (भैरहवा)मा लुम्बिनी प्रदेश समन्वय परिषद कतारको नामांकित लोगो सहित ट्रली दिने निणर्य गरेको छ। यो एउटा अत्यन्तै सराहनीय कामको गरेको छ। समाजलाई पैचाहन गराउनका साथै संचालमा आए पश्यात ऐतिहासिक धार्मिक तथा पर्यटकीय  शान्तिका दुत भनिएर चिनिने गौतम बुद्धको जन्म स्थल लुम्बिनीमा बिभिन्न देशबाट आउने बौद्ध धर्मावलम्बीहरुको बाहुल्य रहेका मुलुकसँग श्रद्धालु आवत जावत गर्नको लागी सहज हुनुका सार्थै पर्यटकहरु आगमन संग संगै व्यपार व्यसायमा पनि परिबर्तन आउने देखिन्छ। साथै नजिक रहेको  छिमिकी  देश भारतका नागरीकलाई अन्य देश आवजात गर्नेको लागि सहज हुने स्थानीय जानकार बताउछन।
अधिबेसनको तयारी अन्तिम चरणमा रहेको  संस्थाका महासचिव डिल्लीराम भट्टराईले जानकारी दिए । कतारमा स्थापति संघ संस्थाहरुलाई निमंत्रणको लागी पत्रचार गर्नेे लुुम्बिनी प्रदेशबाट कतारमा रहि व्यवसाय संचालान गर्दै आउनु भएका व्यवसायीहरु बुद्धिजिवी,समाजसेवी, पत्रकार, दाजुभाईदिदिबहिनीहरुलाई उपस्थितको लागी हार्दिक आव्हान गरको छ ।