अर्घाखाँचीडट्कम संवाददाता
कपिलवस्तु – कपिलवस्तु महोत्सबमा दर्शक सवार डुंगा पिङ भाँचिएर दुर्घटना भएको छ । डुंगा भाँचिएर १४ जना घाइते भएका छन् । शुक्रवार साँझ साढे ६ बजेतिर डुंगा चल्दै गरेको अवस्थामा भाँचिएको हो । घाइते तिन जनाको अबस्था गम्भिर रहेको कपिलवस्तु प्रहरीले जनाएको छ । डुङ्गा पिङ दुर्घटना हुनुमा आयाेजककाे कमजाेरी रहेकाे दर्शकहरुले बताएका छन ।
महाेत्सवकाे उद्धघाट गर्न गृहमन्त्री आउदा पिङ जाेड्नेकाम भर्खर सुरु भएकाे थियाे । सम्पुर्ण तयारी पूरा नगरी आयाेजकले मेला सुरु गर्दा हतारकाे कामले दुर्घटना निम्ताएकाे धेरैकाे आशंका छ । महाेत्सवकाे उद्घाटनकाे समयमा खेलाैना तथा स्टलहरु भर्खर बनाउने तयारीमा रहेकाेले हतारमा काम गर्दा यस्ताे दुर्घटना भएकाे धेरैले बताएका छन । यस्तै प्रशासनले समेत गत बर्षहरुमा चैतमा महाेत्व गर्न अनुमति नदिए पनि यसपाली भने चर्काे घाम र हावाहुरी आगलागीकाे समय भए पनि प्रशासनले कुनै प्रवाह नगरी अनुमति दिएकाे थियाे । तर गत अघिल्लाे बर्ष बैरियामा महाेत्सव लगाउन अनुमति माग्दा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले हावाहुरी र आगलागिकाे समय भन्दै अनिमति दिएकाे थिएन तर यसपालि प्रशासनले सावधानी अपनाउनमा चुकेकाेहाे या आयाेजक प्रतिकाे बिश्वासले अनुमति दियाे त्याे भने जनताले बुझ्नसकेका छैन्न ।
वाणगंगा १ का अर्जुन क्षेत्रि, सिर्जना थारु र कपिलवस्तु नगरपालिका वडा न ९ का आकृति खनाल गम्भिर घाईते भएको प्रहरीले जनाएको छ ।
गम्भिर घाईते भएका तिन जनालाई उपचारको लागि बुटवल रिफर गरीएको प्रहरीले जनाएको छ ।त्यस्तै सितगंगा २ का मनिष क्षेत्रि, वाणगंंगा ४ का आशिका विसी ,अंचल पुन, बम बहादुर क्षेत्रि ,वाणगंंगा ८का सिमा खत्रि , महिमा चौधरी , सिर्जना सुनार वाणगंंगा ९ का कृष्ण घर्ति मगर सामान्य घाईते भएका छन । महोत्सव चैत्र ३ देखि सुरु भएको थियो ।