गुल्मीमा तिनै तहको चुनावमा एमालेलाई हराउंछौ: माधव कुमार नेपाल

संकर प्रसाद पोख्रेल  
तम्घास,   गुल्मी      (अर्घाखाँचीडट्कम)   ।          नेकपा  (एकीकृत समाजबादीका) अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह निर्वाचनमा नेकपा एमाले पार्टीलाई गुल्मीमा सबै तहको चुनावमा हराउने  बताएका छन् ।
जिल्ला स्तरीय अगुवा कार्यकता भेलालाई तम्घासमा सम्बोधन गर्दै अध्यक्ष नेपालले गुल्मीमा एमालेलाई जित्न नदिने बताएका हुन् । उनले केपि ओलिको अहंकारलाई आफुहरुले तोड्ने भन्दै मन्त्री रामकुमारी झाक्रीलाई केही दिन जिल्लामा बस्न आग्रह गरे।कम्युनिष्ट आन्दोलनमा आफू सधै बामपंथी धारको नेतृत्व गरेको भन्दै ओलि दक्षिणी पंथी भएकोले एमालेलाई सबै तहको चुनावमा हराउनुपर्ने बताए।
त्यसै गरि अगुवा कार्यकर्ता भेलालाइ संनोधन गर्दै नेकपा एकीकृत समाजबादिकी सचीव तथा सहरी बिकास मन्त्री रामकुमारी झाक्रीले गुल्मिको बिकासमा आफू लागि पर्ने बताइन उनले आगामी निर्वाचनमा आफू केही दिन गुल्मिमै खट्ने भन्दै जिल्लाका नेता कार्यकर्ताहरुलाइ सबै वडा र गाउंपालिकामा संगठन बनाउन निर्देशन समेत देइन ,उक्त कार्यक्रममा नेकपा एकीकृत समाजबादिका नेता सोम पान्डे लगायतले मन्तव्य राखेका थिए 
कार्यक्रममा एमाले परित्याग गरि  सयौंको संख्यामा एमाले कार्यकर्ताहरु नेकपा एकीकृत समाजबादिमा प्रबेस गरेका थिए।

अन्य समाचारहरु