बुद्धभुमिको बिरपुरमा दोश्रो मेयरकप फुटबल प्रतियोगिता सम्पन्न

भक्तिराम घिमिरे
कपिलवस्तु (अर्घाखाँचीडट्कम) । जिल्लाको बुद्धभुमि नगरपालिका द्वारा बिरपुरमा आयोजना भएको दोश्रो मेयरकप फुटबल प्रतियोगिता आज सम्पन्न भएको छ । 
बैसाक ९ गतेदेखि शुरु भएको सो प्रतियोगितामा ८ वटा टिमले नाम दर्ता गराएको मध्ये ७ वटा टिम विच खेल भएको थियो ।
आज भएको फाइनल खेलमा वडा नम्बर १ ले प्रथम स्थान हात पार्यो भने  वडा नम्बर २ दोस्रो भएको छ । त्यस्तै  वडा नम्बर ९ ले तेस्रो स्थान जित्दा वडा नम्बर ३ चौथो भएको  छ।
नगरपालिकामा दोस्रो पटक भएको यस किसिमको  फुटबल प्रतियोगितामा प्रथम हुने टिमले ४० हजार , दोस्रो हुनेले २० हजार  तथा तेस्रो हुने टिमले १० हजार नगद , प्रमाणपत्र तथा शिल्ड पुरस्कार पाएका थिए ।
प्रतियोगिताको आयोजना बुद्धभुमि नगरपालिकाले गरेको हो  भने खेलको व्यवस्थापकिय सहयोग बिरपुर युवा क्लवले गरेको थियो। खेल बुद्धभुमि नगरपालिका वडा नं १ बिरपुरको नवनिर्मित खेल मैदानमा भएको थियो । खेलको  समापन कार्यक्रममा मेयर केशब कुमार श्रेस्ठ, बुद्धभुमि १ का वडा अध्यक्ष तेज बहादुर बस्नेत, प्रमुख प्रशासकीय अधिकृत केशव राज सुवेदी,   प्रशासकीय अधिकृत राजन कुमार पोख्रेल, लेखा अधिकृत रेनु राम ज्ञवाली , विभिन्न वडाका सदस्यहरु तथा नगरपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
 

अन्य समाचारहरु