खनदहमा एमाले मालारानीको पुर्ण बैठक सम्पन्न | देशलाइ असफल राष्ट्र बनाउन सत्तागठन लागि परे: उज्ज्वल

गणेश खनाल
खनदह, अर्घाखाँची । नेकपा एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज चन्द्रबहादुर खड्का उज्ज्वलले नेपाललाई असफल राष्ट्र बनाउने तर्फ सत्ता गठन लागि परेकाे आराेप लगाउनुभयाे । 
नेकपा एमाले मालारानी गाउँपालिकाकाे पुर्ण बैठकमा सम्बाेधन गर्दै नेता खड्काले आर्थिक सकट तर्फ देश गईसकेकाे भन्दै सबै क्षेत्र भद्रगोल बनाउदै लगेकाे बताउनुभयाे ।
स्थानीय सरकार देखि सघिय सरकारकाे नेतृत्व एमालेले नगरे सम्म देश समृद्धि नहुने दावि गर्नुभयाे ।
नेकपा एमाले केन्द्रीय परिषद सदस्य नरेन्द्र कुमार क्षेत्रिले एमालेका विरूद्व चारै तिर घेराबन्दी रहेकाे बताउँदै,घेराबन्दीलाई ताेड्दै एमाले स्थानिय तहमा विजयी गराउनु पर्ने जाेड दिनुभयाे ।  
स्थानीय तहमा उम्मेदवार बन्न प्रयास गर्नु स्वभाविक रहेपनि,आफनाे पक्षमा निर्णय नभएमा पनि पार्टीको काममा पहिला जस्तै लाग्न आकाक्षिलाई अाग्रह गर्नुभयाे । 
पार्टी अध्यक्ष पिताम्वर भुसाल मालारानी गाउँपालिका एमालेकाे आधार क्षेत्रलाइ जाेगाइ राख्न पार्टी भित्रकाे एकता कायम राख्नु पर्नेमा जाेड दिनुभयाे ।
मालारानी गाउँपालिका अध्यक्ष सालिकराम अार्चाय,सचिव नारायण अर्याल,उपसचिव दिपा प्राेखरेलकाे स्वागत मन्तव्य र जिल्ला कार्यलय सदस्य लिलबहादुर विकले जिल्ला पार्टीकाे सर्कुलर वाचन गर्नुभएकाे थियाे ।

अन्य समाचारहरु