हंसपुरकाे रतनमारेमा माओवादी केन्द्र निकट वाइसीएलको मालारानी पालिका स्तरीय प्रथम भेला सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
हंसपुर, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी ६ स्थित हंसपुरकाे रतनमारेमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट याेङ कम्युनिस्ट लिग ( वाइसीएल ) नेपालको  आयाेजनामा मालारानी गाउँपालिका स्तरीय प्रथम भेला  सम्पन्न भएकाे छ ।
 
भेला नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला सहईन्चार्ज अनिलकिशाेर घिमिरेकाे प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा  नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला सह  ईन्चार्ज ठाकुर कुमार विक मालारानी गाउँकमिटी इन्चार्ज एमबी पान्डे , मालारानी गाउँकमिटी अध्यक्ष पदम क्षेत्री  वाइसीएल नेपालका  केन्द्रीय सदस्य ठाकुर साैराग, वाइसीएल नेपालका केन्द्रिय सदस्य तथा  जिल्ला ईन्चार्ज कृष्ण सारु,  मालारानी गाउँकमिटी सचीव शिबलाल कुवर , माओबादी केन्द्र मालारानी गाउँकमिटी वडा न.५ का अध्यक्ष शोभाखर भुसाल , वाइसीएल  जिल्ला सचिव विष्णु पुन, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य तथा  जिल्ला ईन्चार्ज अशाेक खनालले मन्तव्य राख्दै जसरी तत्कालिन समय १० वर्षे जनयुद्ध देखि ०६२/ ०६३ काे ऐतिहासिक जनआन्दोलन सम्म आउदा  वाइसीएलको  भुमिका महत्त्वपूर्ण थियाे यसले देशमा  ठुलाे परिवर्तन ल्याएकाे छ र आगामी दिनहरुमा त्याे भन्दा अझ सशक्त र परिवर्तनशील भएर लाग्न समेत आग्रह गरेका थिए  ।
    सोमबार सम्पन्न भेलाले वाइसीएल  नेपाल मालारानी गाउ पालिका स्तरीय  कमिटी समेत गठन गरेकाे छ । भेलाले राम कुमार टण्डनकाे अध्यक्षतामा ५५ सदस्यीय पालिका स्तरिय कमिटी गठन गरेकाे हाे । जसकाे उपाध्यक्षमा नेत्र पाण्डे, रामु खड्का, राजु नेपाली, सचिव खुम बहादुर थापा, सहसचिव नवीन भुसाल, चन्द्र नेपाली र काेषाध्यक्षमा रुम बहादुर खनाल लगायत ५५ सदस्यीय पालिका स्तरीय वाइसीएल  कमिटी गठन  गरेकाे हाे ।  त्यस्तै पालिका ईन्चार्जमा विरेन्द्र बस्नेत, सहईन्चार्ज राम बहादुर राना चयन भएका छन् ।  नब निर्बाचित कमिटीलाई  नेकपा माओवादी केन्द्र मालारानी गाउपालिका ईन्चार्ज मान बहादुर पाण्डेले बधाई तथा सफल कार्यकालकाे शुभकामना समेत व्यक्त गरेका हुन् ।  
  भेला  वाइसीएल  पालिका सहईन्चार्ज राम बहादुर रानाकाे अध्यक्षता, वाइसीएल लुम्बिनी प्रदेश कमिटी सदस्य तथा मालारानी ईन्चार्ज विरेन्द्र बस्नेतकाे स्वागत मन्तव्य मालारानी गाउपालिका पुर्व संयाेजक तथा युवा नेता विष्णु कुवरकाे संचालनमा सम्पन्न भएकाे थियो ।

अन्य समाचारहरु