मालारानी – ४ का स्वतन्त्र वार्ड अध्यक्ष पदका उम्मेदवार अपरहरण परेको दावी

अर्घाखाँचीडट्कम संवाददाता 
मालारानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाका वार्ड नम्बर ४ का स्वतन्त्र वार्ड अध्यक्ष पदका उम्मेदवार अपरहरणमा परेका छन् । 
नेकपा एमालेको उम्मेदवार चयनबाट असन्टुष्टी भई मालारानी गाउँपालिकाका वार्ड नम्बर ४ को वार्ड अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार दिन आएका मिहित विश्वकर्मा अपरहरणमा परेका हुन् ।
उनलाई एमाले खन कमिटीका अध्यक्ष बलाराम भुसाल समर्थक युवाहरुले अपरहरण गरेका उनी पक्षले लगाएको छ । विश्वकर्मालाई मालारानी गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालय क्षेत्रबाट अपरहरण गरेर दिनभर राखेको आरोप छ ।  अपरहरण परे लगतै दिनभर उनको फोन अफ रहेको थियो ।  
विश्वकर्मा साँझ ७:३० बजे संपर्कमा आएका छन् । उनले आफु एमालेमा नै रहेको भनि बताए । तर असन्टुष्टी पक्षले भने विश्वकर्मा बिकेको आरोप लगाए । स्वतन्त्र उम्मेदवार दिन लागेको मान्छेलाई अपरहरण गरेर एमालेका युवाहरुले लगेर असन्टुष्टी पक्षको दावी छ । 

अन्य समाचारहरु