मालारानीको अध्यक्षमा एकीकृत समाजवादीबाट पिताम्बर भुसालको उम्मेदवारी

हरि कुँवर | अर्घाखाँचीडट्कम संवाददाता 
मालारानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाको अध्यक्ष पदमा स्थानीय तह निर्वाचन, २०७९ का लागि एकीकृत समाजवादीबाट पिताम्बर भुसालले  उम्मेदवार मनोनयनपत्र दर्ता गरेका छन् । 
मालारानी गाउँपालिकाको अध्यक्ष पदमा स्थानीय तह निर्वाचन, २०७९ का लागि एकीकृत समाजवादीबाट पिताम्बर भुसालले  उम्मेदवार मनोनयनपत्र दर्ता गरेका हुन् । 
मालारानी गाउँपालिका वडा नम्बर  -५ बाँगी बजेरी निवासी  पिता इन्द्र मणि भुसाल माता निमि भुसाको चार छोरा मध्य कान्छो पिताम्बर भुसाल हुन । ३८ वर्षीय युवा नेता भुसाल ६ वर्ष विदेशको अनुभव लिएर जिल्लामै राजनीतिमा सक्रिय देखिन्छन् । नेकपा (एकीकृत समाजवादी) पार्टी भित्र पनि सरल कुशल इमानदार कर्तब्यनिष्ठ नेताको रुपमा परिचित छन् ।