मालारानी-४ मा भ्रष्ट्राचार कारबाही भोगेका पोख्रेललाई उठाएपछि एमाले मतदाताले नै सुर्यमा भोट् नहाल्ने

अर्घाखाँचीडट्कम संवाददाता 
खन, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ४ खनमा नेकपा (एमाले)ले भ्रष्ट्राचार गरी कारबाही भोगेका जनप्रतिनिधिलाई वार्ड अध्यक्षकाे उम्मेदवार बनाएको छ।
एमालेले मालारानी– ४ को वडा अध्यक्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम दुरुपायोग गरेर कारबाही भाेगेका निर्वातमान अध्यक्ष विष्णुप्रसाद पोख्रेललाई उम्मेदवार बनाएको हो। पोख्रेलले सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका थिए।
निर्वातमान अध्यक्ष पोख्रेलले वडामा सञ्चालित आर्थिक वर्ष २०७७/०७८ को प्रधानमन्त्री रोजगार कार्यक्रमकाे रकम दुरुपयोग गरेकाे अभियाेगमा जिल्ला प्रशासन कार्यालय, अर्घाखाँचीले  ७ लाख ३९ हजार ७ सय २७ रुपौयाँ रकम तिराएकाे थियाे।
उता पोख्रेललाई  वार्ड अध्यक्षकाे उम्मेदवार बनाएको भन्दै एमाले खनका कार्यकर्ताहरु असंतुस्टी भएका छन् । यहाँका एमालेका कार्यकर्ताहरुले पोख्रेललाई  वार्ड अध्यक्षमा नउठाउन अनुरोध गर्दा पनि जिल्ला तहका नेताहरुले नसुनेर जबर्जस्ती पुन: उठाएको बताए । उनिहरुले भन्छन्; यो पाली एमाले भएता पनि बदनाम कमाएको मान्छेलाई जिताउन सुर्यमा भोट् दिन सकिदैन ।”
उक्त कार्यक्रम अन्तरर्गत गाउँपालिकाबाट १ सय १० जना व्यक्तिलाई रोजागर दिने र त्यसबापत प्रतिव्यक्ति ५१ हजार १ सय ८३ रुपैयाँ रकम दिनुपर्ने व्यवस्था रहेको थियो। तर, वडाध्यक्ष पोखरेलले  धेरैलाई राेजगारी दिएकाे देखाउन सोही रोजगारी बाँडेर ३ सय ६७ जनालाई दिएको बताएका थिए। ती व्यक्तिलाई प्रतिव्यक्ति १५ हजार ५ सय रकम भुक्तानी गरेको उनले बताउँदै आएका थिए। 

यसरी वडाध्यक्ष पोखरेलले कार्यक्रमलाई आफू अनुकुल बनाएर ठूलो रकम अनियमितता गरेको भनी छानविनको लागि प्रशासनमा उजुरी परेको थियो। उजुरीका आधारमा छानविन गर्दा वडाध्यक्षले ३० जना नक्कली व्यक्ति खडा गरेर उक्त रकम चप्काएकाे जिल्ला प्रशासन अर्घाखाँचीले निष्कर्ष निकालेको थियो। 

‘उक्त कार्यक्रममा सहभागी श्रमिकहरूलाई जम्मा गरी सनाखत गराउँदा ३६७ मध्ये ३३७ जना मात्र उपस्थित देखियो,’ प्रशासनको रिपोर्टमा उल्लेख थियो। 

रिपोर्टअनुसार वडाध्यक्ष पोखरेलले उपस्थित गराउन नसकेका प्रतिव्यक्ति प्रतिमहिना पारिश्रमिक रु. १५ हजार ५ सयका दरले उक्त ३० जना फर्जी व्यक्तिहरूको रु.४ लाख ६५ हजार रकम आफ्नो खल्तीमा हालेका थिए।

यस्तै १ सय २९ जनालाई २६ दिन काम गरे वापत ३० दिन बराबरको रकम भुक्तानी गरेको मध्येबाट १२९ जनाको ४ कार्यदिन बराबर हुने ५१६ कार्यदिन र ५ जनालाई २७ दिन काम गरे वापत ३० दिन बराबरको रकम भुक्तानी गरेको मध्येबाट ५ जनाको ३ कार्यदिन बराबर हुने १५ कार्यदिन गरी जम्मा ५ सय ३१ कार्यदिन बराबरको रकम रु.२ लाख ७४ हजार ५ सय २७ गरी जम्मा रु.७ लाख ३९ हजार ५ सय २७ वडाध्यक्ष पोखरेलले अनियमितता खुलेकाे थियो। 

वडाध्यक्ष पोखरेलले अनियमितता गरेको पुष्टी भएपछि उक्त रकम फिर्ता गराईएको प्रशासनले उल्लेख गरेको थियो।  वडाध्यक्ष पोखरेलकाे अनियमितताकाे धन्दा यतिमै राेकिएकाे छैन। उनले काममा उपस्थित नभएका ११ जनाको नामबाट पनि रकम निकासा गरेको रिपाेर्टमा उल्लेख थियो। 

यसरी वडाध्यक्ष पोखरेलले बेरोजगारी र गरिबी रहेको, कोभिड– १९ का कारण जीवनयापन गर्न गाह्रो भएकाले धेरैलाई समेट्न खोजेको मनासय राखी कार्य गरेको भने पनि कार्यक्रम कार्यन्वयनको गर्भमा राजनीतिक स्वार्थ लुकेको पाइएको प्रशासनले बताएको थियो। 





अन्य समाचारहरु