मालारानीको अध्यक्ष पदमा गठबन्धन बीच सहमति भयो, एकीकृत समाजवादीका भुसालले उम्मेदवारी फिर्ता लिए

अर्घाखाँचीडट्कम संवाददाता 
मालारानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाको अध्यक्ष पदमा गठबन्धन बीच सहमति भएको छ । 
मालारानी गाउँपालिकाको अध्यक्ष पदमा गठबन्धन बीच सहमति भएको हो । सहमति अनुसार अध्यक्ष पदमा उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका जिल्ला कमिटी सचिवालय सदस्य तथा मालारानी गाउँपालिका कमिटी इन्चार्ज पिताम्बर भुसालले उम्मेदवारी फिर्ता लिएका छन् ।
अब एकीकृत समाजवादीले माओवादी केन्द्रका अध्यक्ष पदमा उम्मेदवार पदम छेत्रीलाई समर्थन गर्ने छ । साथै यहाँ कांग्रेसबाट शोभाखर खनाल उपादक्ष्यमा उम्मेदवारी दिएका छन् ।