अर्घाखाँचीमा एमालेभित्र व्यापक असन्तुष्टि, मालारानी-५ का उपसचिवले पनि पार्टी छोडे

अर्घाखाँचीडट्कम संवाददाता 
मालारानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ५ का नेकपा (एमाले) उपसचिवले राजिनामा दिएका छन् । 
मालारानी गाउँपालिका वार्ड नम्बर ५ का नेकपा (एमाले) उपसचिवले राम चन्द्र विकले उम्मेद्वारी चयनमा असन्तुष्टि हुँदै साधारण सदस्यमा समेत नबस्ने गरि पार्टीबाट राजिनामा दिएका हुन् । 
उनले भने; म अहिले कुनै पाटीमा जाँदै छैन् ।  
उता यस अघि डिभर्नामा स्थानीय तह निर्वाचन, २०७९ का लागि नेकपा (एमाले) को उम्मेदवार चयनप्रति असन्त्ष्ट हुँदै पार्टी सदस्य धुर्वराज आचार्यले राजीनामा गरेका थिए ।