मालारानीमा १५ जनाले उम्मेदवारी फिर्ता लिए | अब १०० जना चुनावी मैदानमा (फिर्ता लिनेको सूचीसहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकामा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि १५  जनाले उम्मेदवारी फिर्ता लिएका छन्।  
स्थानीय तह निर्वाचनका लागि मालारानीमा  १५  जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । अब विभिन्न पदमा १०० जनाले उम्मेदवारी रहेको छ ।     
आजै उम्मेदवारी परेकाहरूको निर्वाचन चिन्ह प्रदान गरिएको छ । 
शुक्रबार स्थानीय तह निर्वाचनका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिएको थियो। 
स्थानीय तह निर्वाचनको आगामी वैशाख ३० गते सम्पन्न हुँदैछ।