मालारानी गाउँपालिकामा एमालेको चुनावी कार्यक्रम जारी | चुनावमा गरेका प्रतिवद्वता पूरा गरेका छाै: आर्चाय

गणेश खनाल
मालारानी । नेकपा एमाले केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला सहइन्चार्ज चेतनारायण आर्चायले पुर्वाधार विकासमा उल्लेखनीय काम भएकाे बताउनुभएको छ । खानेपानी,सडक,सिचाई,शिक्षा ,स्वास्थ्य क्षेत्रमा चुनावमा गरेका प्रतिवद्वता पूरा गरेकाे बताउदै आर्चायले अपुग रहेका याेजना अवकाे कार्यकालमा पूरा गर्ने प्रतिवद्वता जाहेर गर्नुभयाे ।
आफनाे कार्यकालमा भएका विकास याेजनामा काग्रेस,माअाेवादीले अवराेध सिर्जना गरेकाे भन्दै जिल्ला विनियाेजन भएका याेजना काटेर जनता माथि कुठाराघात गरेकाे बताउनुभयाे । विकास विराेधि काग्रेस,माअाेवादीका नेतालाइ चिन्ने बेला अाएकाे बताउनुभयाे । पछिल्लो समय गठबन्धन सरकारले अर्घाखाँची कुनै याेजना ल्याउनुकाे साटाे अघिल्लो सरकारले ल्याएका विकास बजेट काटेर आफना व्यत्तिगत फाइदा हुने गरि याेजनामा रकम वितरण गरेकाे आराेप लगाउनुभयाे । 
मालारानी गाउँपालिका भएका विभिन्न चुनावी कार्यक्रमलाई सम्बाेधन गर्दै आर्चायले अवकाे मुख्य लक्ष्य  राेजगार सिर्जना गर्ने रहेकाे भन्दै आगामी दिनमा त्यस तर्फबाट लाग्ने बताउनुभयाे । बर्तमान गठबन्धन सरकार जनताकाे पक्षमा भन्दा भारत प्रति बफदार रहेकाे बताउदै शेरबहादुर देउवा नेतृत्वकाे सरकार पुर्णरूपमा असफल रहेकाे बताउनुभयाे । 
चुनावी सभामा बाेल्दै मालारानी गाउँपालिका अध्यक्षका उम्मेद्वार दलबहादुर भट्टराईले सबै क्षेत्रमा समानुपातिक विकास गर्ने प्रतिवद्वता जाहेर गर्नुभयो । आवश्यकताकाे आधारमा विकास याेजना वितरण गर्ने आफनाे प्राथमिकता रहेकाे बताउनुभयाे । 
उपाध्यक्ष उम्मेदवार दिपा प्राेखरेलले महिला दिदिबहिनीकाे भावनालाइ सबै क्षेत्रमा बलियाे उपस्थिति बनाउनकाे लागि आफुलाइ मतदान गर्न अाग्रह गर्नुभयाे । सविधानले व्यवस्थाकाे समेत तितालञ्जलि दिदै गठबन्धनले मालारानी गाउँपालिकामा उपाध्यक्ष पदमा पुरूष नै उम्मेदवार उठाएकाे भन्दै महिला प्रति गठबन्धनकाे दृष्टिकोण कस्ताे छ भन्ने स्पष्ट भएकाे बताउनुभयाे । 
चुनावी सभामा नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्य नरेन्द्र कुमार क्षेत्रि,प्रदेश सदस्य जनार्दन खनाल,जिल्ला कमिटी सदस्य बालकृष्ण आर्चाय लगायतले मन्तव्य राख्नुभएकाे थियाे ।

अन्य समाचारहरु